समाचारसूचना प्रविधि

वकिल बनेर फस्यो रोबोट, अमेरीकामा कसरी भयो केस दायर

Gobal IME Bank
photo credit:
Law&Crime Network

एजेन्सी । सालको शुरुवातमा अब वकिलको काम रोबोट अर्थात् एआई लयरले गर्ने भन्ने चर्चा आएको थियो । यो एक आर्टिफिसियल च्याटबट जसको नाम डु नट पे हो, यस रोबोटले आफुलाई संसारको पहिलो रोबोट वकिल भन्ने गर्छ । यस रोबोटलाई डु नट पे नामक स्टार्टअप कम्पनिले तयार गरेको थियो ।

यस कम्पनिले ट्राफिक चलानको केसलाई ह्यान्डल गर्ने गर्छ । यस कम्पनिको रोबोट लयर अहिले समस्यामा परेको छ । रोबोट माथी बिना लाइसेन्स वकालत अभ्यास गरिरहेको आरोप लागेको छ । यु एसको ल फर्म एडल्सनले यस च्याटबट रोबोट माथि मार्च ३ मा केस दायर गरेको छ ।

एडल्सनले आफ्नो कम्प्लेनमा डु नट पे एक रोबोट वकिल, वा कानुनी फर्म नभएको र डु नट पे सँग कुनै पनि कानुनी डिग्री नभएको बताएको छ । यसलाई कुनै वकिलले निरिक्षण नगर्ने कुरा पनि कम्प्लेनमा खुलाईएको छ ।

डु नट पे ले सानो सानो काम जस्तै डिमान्ड लेटर तयार गर्न, लिगल डक्युमेन्ट्स तयार गर्नको लागि प्रयोग गरिन्छ । डु नट पे लाई २०१५ मा पार्किङ सँग सम्बन्धित मामलामा मद्दत गर्नको लागि तयार गरिएको थियो । यसलाई कानुनी मामलामा मद्दत गर्नको लागि तयार गरिएको थियो ताकि वकिललाई हायर गर्न नपरोस् भनेर तयार गरिएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button