मुख्य समाचारसमाचार

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सम्पन्न, कुमार दसौदी विजयी

Gobal IME Bank

काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सम्पन्न भएको छ । आज लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व हुने रिक्त एक पदका लागि दाङमा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) बाट उम्मेदवार रहनु भएका कुमार दसौदी विजयी हुनुभएको छ ।

उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्री माधवप्रसाद आचार्यलाई हराउँदै विजयी हुनुभएको हो । दसौदीले ४ हजार २६ मत प्राप्त गर्दा आचार्यले भने जम्मा ३ हजार ७२० मत प्राप्त गर्नुभएको थियो । त्यस्तै नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवार रहनुभएका श्री राजेन्द्र वीर रायले १४४ मतप्राप्त गर्नुभएको छ ।

उपनिर्वाचनमा लुम्बिनी प्रदेश भित्र रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख २१८ जना र प्रदेश सभाका सदस्य ८७ जना गरी जम्मा ३०५ जना मतदाता रहनु भएको थियो ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख २१७ जना मतदाता र प्रदेश सभाका सदस्य तर्फ ८७ जना मतदाताले मतदान गर्नु भएको थियो । निर्वाचन प्रणालीमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार प्रति मतदाता १८ र प्रदेश सभा सदस्यको मतभार प्रति मतदाता ४८ मतभार रहने व्यवस्था छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button