मुख्य समाचारसमाचार

महाअभियोग सिफारिस समितिको बैठक ३ बजे बस्दै – Good News 24

Gobal IME Bank

काठमाडौँ । महाअभियोग सिफारिस समितिको बैठक बिहीबार अपराह्न ३ बजे बस्ने भएको छ ।
आरोप लागेका चार पूर्वप्रधानन्यायाधीशले समितिमा उपस्थित नहुने भन्दै पत्र लेखेपछि कानून व्यवसायीहरुसँग समितिले ३ बजेपछि छलफल गर्ने बताइएको छ । यसअघि बैठक १ बजे बस्ने तय भएको थियो ।

पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पदीय मर्यादा र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई आत्मसात् गर्दै बैठकमा नजाने निर्णय गर्नुभएको हो ।

समितिको बुधबार बसेको बैठकले पूर्वप्रधानन्यायाधीश र वहालवाला न्यायाधीशलाई निलम्बित प्रधानन्यायाधीश राणाको बयानका आधारमा अनुसन्धानका लागि बोलाउने निर्णय गर्दै पत्र पठाएको थियो । तर चार पूर्वप्रधानन्यायाधीशले समितिमा उपस्थित नहुने भन्दै पत्र लेखेपछि महाअभियोग सिफारिस समितिको बैठक बिहीबार अपराह्न ३ बजे बस्ने तय भएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button