मुख्य समाचारसमाचार

महाअभियोग सिफारिस समितिको बैठक सुरु, चोलेन्द्रले मुछेका वकिलहरुको बयान जारी – Good News 24

आरोप लागेका चार पूर्वप्रधानन्यायाधीशले समिति बैठकमा उपस्थित छैनन् ।

Gobal IME Bank

काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ।

आरोप लागेका चार पूर्वप्रधानन्यायाधीशले समितिमा उपस्थित नहुने भन्दै पत्र लेखेपछि सोधपुछका लागि वरिष्ठ अधिवक्ताहरुबिच मात्रै नै बैठक सुरु भएको हो । समितिको बैठकमा बारका पदाधिकारी तथा अधिवक्ताहरु पनि उपस्थित छन् ।

बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नाम लिएका वकिलहरुको बयान सुरु भएको छ ।

बैठकमा नेपाल बार एशोसियशनका पूर्वअध्यक्षहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, सर्वोच्च बारको अध्यक्ष पूर्णमान शाक्य, बारको पूर्वमहासचिव लिलामणी पौडेल, वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, रमण श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, अञ्जिता खनाल, ओमप्रकाश अर्याल, गोपालप्रकाश अर्याल र गोपालकृष्ण घिमिरे उपस्थित भएका छन् । सिंहदरबारमा भर्खरै सुरू बैठकमा उनीहरू चोलेन्द्रविरुद्ध बयान दिन उपस्थित भएका हुन् ।

पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पदीय मर्यादा र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई आत्मसात् गर्दै बैठकमा नजाने निर्णय गरेका थिए ।

वरिष्ठ अधिवक्ताहरू मध्ये केहीले न्यायाधीश माग गरेको र केहीले मुद्दामा सहयोग मागेको प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले जवाफ दिने क्रममा बताएका थिए। समितिले वरिष्ठ अधिवक्ताहरूसँग राणाले लगाएको आरोपबारे सोधपुछ गर्न लागेको हो।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button