मुख्य समाचारसमाचार

महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय स्थापना – Good News 24

Gobal IME Bank

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय स्थापना गरिएको छ । काठमाडौंको मैतिदेवीस्थित देवकोटाको पुरानो घर भत्काएर पुरानै शैलीमा बनाएको सो सङ्ग्रहालयको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शुक्रवार उद्घाटन गर्नुभएको हो ।

त्यस अवसरमा उहाँले सो सङ्ग्रहालय राज्यका लागि ठूलो सम्पदा भएको उल्लेख गर्दै त्यसबाट महाकवि देवकोटाको व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा थप उजागर गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सो सङ्ग्रहालय स्थापना गर्ने काममा संलग्न सबैप्रति आभार समेत व्यक्त गर्नुभयो ।

करिव ७ करोड ११ लाखको लागतमा निर्माण गरिएको सो सङ्ग्रहालय दशैं सकिएपछि असोज २३ गतेबाट सर्वसाधारणका लागि पनि खुला गर्ने प्रतिष्ठानले जनाएको छ । सङ्ग्रहालयमा महाकवि देवकोटाको पूर्ण कद्को शालिकको समेत अनावरण गरिएको थियो । त्यसैगरी महाकवि देवकोटाका साहित्यिक कृतिहरु, उहाँका तस्वीरहरु पनि सङ्ग्रहालयमा हेर्न पाउने व्यवस्था गरिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button