मनोरञ्जनसमाचार

पाँच दिनअगाडि नै ‘महापुरुष’ प्रिमियर

Gobal IME Bank

काठमाडौँ । फिल्म ‘महापुरुष’ को पाँच दिनअगाीड नै काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ । प्रदर्शनको पूर्वसन्ध्यामा गरिने प्रिमियर अगाडि गर्नाका कारण फिल्मप्रतिको विश्वसनीयता रहेको निर्माता दीपेश खत्रीले जानकारी दिनुभयो । प्रिमियर शोमा फिल्म हेर्न ‘महापुरुष’ टोलीसँगै दीपकराज गिरी, दीपाश्री निरौला, खगेन्द्र लामिछाने, केकी अधिकारी, बेनिषा हमाल, निश्चल बस्नेत, स्वस्तिमा खड्कालगायत सेलिब्रेटी पुग्नुभएको थियो ।

प्रिमियर हेरिसकेपछि अभिनेता खगेन्द्र लामिछानेले कथा र विषयवस्तुको उच्च प्रशंसा गर्नुभयो । “बाहरुको कथामा आधारित फिल्ममा इमोसन, कमेडी, सन्देश सबै छ । यो सबै उमेर समूहका दर्शकलाई हुने बनेको छ । परिवारमा बाको भूमिका के हुन्छ भन्ने कुरा यो फिल्मले देखाएको छ”, उहाँले भन्नुभयो । अभिनेत्री स्वस्तिमा खड्काले सम्पूर्ण पक्ष राम्रो रहेको भन्दै तारिफ गर्नुभयो । “यहाँ विकल्प रहने अवस्था नै थिएँ । जसले जुन भूमिका निर्वाह गर्नुभएको छ, पर्फेक्ट कास्टिङ छ”, उहाँले भन्नुभयो ।

भाइटीकाको भोलिपल्टबाट सार्वजनिक प्रदर्शनमा आउने ‘महापुरुष’ हेरेपछि हास्यकलाकार किरण केसीले अहिलेसम्मकै उत्कृष्ट भन्दै तारिफ गर्नुभयो ।
“हरिवंशले निर्वाह गर्नुभएको भूमिका जीवन्त छ । बाँकी कलाकारहरूले पनि दर्शकसँग जोडिने भूमिका निर्वाह गरेका छन् । यो फिल्म सम्पूर्ण परिवार एकैसाथ बसेर हेर्नुपर्ने बनेको छ”, उहाँले भन्नुभयो । निर्देशक निश्चल बस्नेतले फिल्मको विषय र पटकथा निकै बलियो रहेको प्रतिक्रिया दिनुभयो । “फिल्म कस्तो लाग्यो भन्ने मेरो अनुहारमै देखिएको जस्तो लाग्छ । हरि दाइलाई धेरै समयपश्चात् यस किसिमको भूमिकामा देख्न पाएँ । मदन दाइ समेतलाई ठूलो पर्दामा हेर्न पाउँदा धन्य छु”, उहाँले भन्नुभयो ।

अभिनेत्री केकी अधिकारीले फिल्म हेरिसकेपछि आफ्नो अभिभावकका बारेमा सोचेको बताउनुभयो । “हाम्रो अभिभावकको सम्बन्धलाई सहजै स्वीकार्न सक्दैनौँ । त्यो सही गरिरहेका छौँ कि गलत भन्ने सोच्न बाध्य बनाउँछ । फिल्ममा गम्भीर विषयलाई मनोरञ्जनात्मक शैलीमा भनिएको छ”, उहाँले भन्नुभयो । अर्की अभिनेत्री बेनिषा हमालले फिल्म नहेर्ने दर्शक पछुताउने प्रतिक्रिया दिनुभयो ।

प्रिमियरमा पाहुनाहरुबाट प्राप्त प्रतिक्रियाले हास्यकलाकार हरिवंश आचार्यले ऊर्जा प्राप्त भएको बताउनुभयो । “हाम्रो मेहनतको फल लिँदैछौँ । सबैले विषयसँगै प्रस्तुति मन पराउनुभएको छ । हामीले उठान गरेको विषयले सामान्य प्रभाव छाड्यो भने पनि हाम्रो जीत हुनेछ”, उहाँले भन्नुभयो ।

फिल्ममा अभिनेता आचार्यसँगै मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, रवीन्द्र सिंह बानियाँसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली हुनुहुन्छ । एकल अभिभावकको एक्लोपनको कथा भनिएको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । षट्कोण आर्ट्स प्रालिको ब्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दीपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ्ग भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button