शिक्षा स्वास्थसमाचार

मेकअपको बारेमा तथ्य र मिथकहरु

Gobal IME Bank

एजेन्सी । सोसल मिडीया, ब्युटि इन्फ्लुयन्सर, साथिहरुले हामीलाई विभिन्न ब्युटि टिप्सहरु दिने गर्छन् जसले हामी राम्रो मेकअप गर्न सक्छौ । तर ति टिप्सहरु मिथक मात्र हुन् छालामा प्रयोग हुने प्रडक्टको कारण हामी हाम्रो छालालाई असर हुन सक्छ त्यसैले मेकअपहरुको बारेमा तथ्य थाहा पाएर मात्र छालामा प्रयोग गर्नु पर्छ । यि मेकअपको तथ्य र मिथकहरुबारे पढ्नुहोस्

१. प्राइमर र मोइस्चराइजरले एउटै काम गर्छ
मोइस्चराइर र प्राइमरले हाम्रो छालामा फरक फरक किसिमको काम गर्छ । प्राइमर प्रयोग गरी फाउन्डेसन लगाउँदा फाउन्डेसन हाम्रो स्किनमा राम्रो सँग सेट हुन्छ । प्राइमरले छालाको फाइन लाइन फिल गर्छ, स्किन पोरलाई पनि फिल गर्ने काम गर्छ र छालामा चिल्लो आउन दिँदैन जसको कारण मेकअप मेटिदैन । मोइस्चराइजरले छालालाई हाइड्रेड राख्छ र छालाको फुस्रोपनलाई कन्ट्रोल गर्छ । प्राइमरलाई मोइस्चराइजर लगाई सके पछि प्रयोग गर्नु पर्छ र त्यस पछि फाउन्डेसनको प्रयोग गर्दा मेकअप राम्रो सँग सेट हुन्छ ।

२. रातो लिपस्टिक सबैलाई सुहाउँदैन
धेरै महिलाहरुलाई आफुलाई रातो लिपस्टिक सुहाउँदैन भन्ने सोच्छन् तर यो कुरा साँचो होइन रातो लिपस्टिक जो कोहीलाई पनि सुहाउछ । आफ्नो ओठलाई सुहाउने रंगको रातो लिपस्टिक प्रयोग गर्दा महिलाहरुलाई राम्रो देखिन्छ ।

३. फाउन्डेसन खरिद गर्दा घाँटी, निधार र हातमा प्रयोग गरेर चेक गर्ने
छालालाई सुहाउने सेडको फाउन्डेसन पाउन निकै कठिनाई हुने गर्छ । हाम्रो अनुहार, निधार, घाँटी र हातको छालाको रंग फरक हुन्छ । घाँममा एक्सपोज हुने कारण हाम्रो निधार, घाँटी र हात डढ्ने कारण यि क्षेत्रहरु हाम्रो अनुहार भन्दा कालो हुन्छ । फाउन्डेसन छान्ने समयमा यि ठाँउमा फाउन्डेसनको प्रयोग गरी किन्ने चलन छ तर यो यसरी फाउन्डेसन खरिद गर्दा हाम्रो अनुहारको रंग सँग फाउन्डेसन म्याच हुदैन । फाउन्डेसन किन्दा हाम्रो अनुहारको ज लाइनको टेस्ट गरेर किन्दा अनुहारको छाला सँग म्याच हुन्छ ।

४. मेकअपले पिम्पल आउँछ
मेकअपको कारणले गर्दा छालामा पिम्पल आउँछ भन्ने विश्वास धेरै महिलाहरुमा छ तर मेकअपको कारणले छालामा पिम्पल आउँछ भनेर अहिले सम्म कुनै पनि रिसर्च वा स्टडीमा देखाएको छैन । म्याद सकिएको प्रडक्ट, सस्तो प्रडक्ट र हाइजिनको कमीको कारण छालामा पिम्पल आउने गर्छ । मेकअप लगाएको समयमा क्लिनजिङ मिल्कको प्रयोग गरी छाला सफा गर्दा छालामा पिम्पलहरु आउने सम्भावना कम गर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button