मुख्य समाचारसमाचार

मकवानपुर-१ मा राप्रपाका दीपकबहादुर सिंह निर्वाचित

Gobal IME Bank

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दीपकबहादुर सिंह निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै सिंह विजयी हुनुभएको हो ।

निकटतम प्रतिद्वन्द्वी डीनालाई २ हजार ३ सय ९३ मतान्तरले हराउँदै सिंहले जीत्नु भएको हो । सिंहले अन्तिम मतपरिणाम अनुसार २७ हजार ८ सय १६ मत प्राप्त गर्नुभएको थियो ।

डीनाले २५ हजार ४ सय २३ मत प्राप्त गर्नुभएको थियो । एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका थापाले २५ हजार ४ सय २० मत प्राप्त गर्नुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button