समाचार

किसानलाई मल दिन संसदको दवाव -GoodNews24

Gobal IME Bank

काठमाडौँ, ३० जेठ। प्रतिनिधिसभाले किसानलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिध सभाले बिशेष प्रस्ताव पारित गर्दै सो निर्देशन दिएको हो । प्रस्तावमा रासायनिक मल कृषि उत्पादन वृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीकोरुपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलव्ध नभएको भन्दै सोही बिषयमा गम्भिर ध्यानाकर्षण गराइएको छ । कृषि उत्पादन वृद्धि गर्न आवश्यक रासायनिक मल कृषकलाई सहज रुपमा उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधिसभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ’ छलफलपछि प्रतिनिधिसभाले पारित गरेको प्रस्तावमा भनिएको छ । सो प्रस्तावलाई प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button