समाचार

गुनासो बढेपछि बजार अनुगमन सुरु -Good News 24

Gobal IME Bank

डोटी, १७ साउन । डोटीमा दैनिक उपभोग्य वस्तुको मूल्यमा व्यापारीले मनोमानी गरी मूल्यवृद्धि गरेको जनगुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्न सुरु गरेकोे छ । जिल्लामा दाल, चामल, तेल, मसला तथा सागसब्जीको मनपरि मूल्य लिदै आएको गुनासो बढेपछि बजार अनुगमन सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय तथा उद्योग वाणिज्य सङ्घले संयुक्तरूपमा यहाँका विभिन्न बजार अनुगमन गर्न थालेका छन् ।
यहाँका बजारमा विगतको समयमा चामल प्रतिकिलो रु ८० पर्नेमा हाल रु ११०देखि १२०, खाने तेल रु ४००, दाल रु १००, गोलभेँडा रु १६० पुगेको छ । आलु प्रतिकिलो रु १००, भिन्डी रु ७०, काउली रु ९०, रायोको साग मुठाको रु ५०, लौका र फर्सी प्रतिकिलो रु ४० देखि ५० पुगेको उपभोक्ताको गुनासो छ ।
डोटीमा साग तरकारीलगायत अन्य खाद्यान्न वस्तुमा समेत व्यापारीले मनपरि मूल्य बढाएको गुनासो आएपछि बजार अनुगमनलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “आफुखुसी दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरी बिक्री वितरण गर्ने व्यापारीलाई कानुनबमोजिम कारबाही गरिने छ, आफुखुसी मूल्यवृद्धि गर्न पाइँदैन ।”

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button