समाचार

अब १२ कक्षा उत्तिर्ण गरेर विवाह गर्नेलाई पुरस्कार -Good News 24

Gobal IME Bank

नुवाकोट, असाढ १० ।  म्यागङ गाउपालिकामा १२ कक्षा उत्तिर्ण गरेर विवाह गर्नेलाई पुरस्कार दिइने भएको छ । नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङ गाउँपालिकाले छोरीहरुलाई उच्च शिक्षा अध्ययन नै नगराई विवाह गराईदिने परम्परालाई रोक्न यस्तो निर्यण गरिएको हो । गाउँ कार्यपालिका बैठकले गाउँपालिकाभित्रका छोरीलाई २० वर्ष र कम्तीमा १२ कक्षा उत्तिर्ण गराई विवाह गराउने परिवारलाई सम्मान तथा बधाइसहित प्रोत्साहन स्वरुप नगद १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका कार्यालयले जनाएको छ। यस्तो पुरस्कारको निर्णयले छोरीहरुलाई उच्च शिक्षा अध्ययन गराउन अभिभावकहरु उत्प्रेरित हुने गाउँपालिकाका अध्यक्ष आशाबहादुर तामाङले बताएका छन । उनले गाउँको चौतर्फी बिकासमा यस्तो निर्णयले टेवा पुर्याउने बताएका छन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button