मुख्य समाचारशिक्षा स्वास्थसमाचार

के हो माइग्रेन ?

Gobal IME Bank

एजेन्सी । माइग्रेन सम्बन्धी मानिसहरुमा धेरै किसिमका भ्रमहरु छन् । धेरैले यो रोग लागेपछि कहिल्यै पनि निको हुँदैन भन्ने सोच राखेको पाइन्छ । माइग्रेनको रोगी सधैभरि पिडा सहेर नै बाँच्नुपर्छ भन्ने धारणा पनि धेरै रहेको पाइन्छ । कतिपयले त माइग्रेनलाई मानसिक रोग पनि ठानिरहेका हुन्छन् । कतिपय बिरामीहरुले माइग्रेनमा प्रयोग हुने औषधिको साइड इफेक्ट धेरै हुन्छ भनेर औषधि नखाई टाउको दुखाएर नै जीवन व्यतीत गरिरहेका हुन्छन् । यी सबै एकदमै गलत धारणा हुन् ।

विश्व स्वास्थ्य संघका अनुसार हरेक महिना १५ दिनसम्म टाउको दुख्ने व्यक्तिहरुको संख्या विश्वमा १।७ देखि ४ प्रतिशत रहेको छ । विश्वमा निकै कम व्यक्तिहरुको टाउको दुख्ने समस्यालाई चिकित्सकहरुले पहिचान गर्न सकेको पाइएको छ । यसकारण टाउको दुखाइको समस्यालाई धेरै बेवास्ता गरिन्छ, यसको राम्रोसँग पहिचान गरिँदैन र उपचार पनि गराइँदैन । टाउको दुख्ने समस्या विश्वव्यापी स्वास्थ्य समस्या हो ।

जीवनमा एकपटक पनि टाउको नदुखेको व्यक्ति यस संसारमा शायदै कोही होला । टाउको दुख्ने समस्या स्नायु प्रणालीका समस्याहरुमध्ये अति सामान्य समस्या हो । टाउको दुख्नुको अनेक कारण हुन्छन् । व्यक्तिगत एवं सामाजिक दबाबको पीडा, अपाङ्गता, खराब गुणस्तरको जीवन, आर्थिक समस्या आदि कारणले गर्दा पटक–पटक टाउको दुख्ने समस्या हुने गर्छ ।

शिरको रोग जसमा टाउकोको आधा भागमा १५ दिन अथवा १० दिन वा टाउको अचानक फुट्नेजस्तो गरी पीडा हुने वा घोचेको जस्तो गरि दुख्ने, पीडा, चक्कर आउनुलाई माइग्रेन भनिन्छ ।

माइग्रेन प्राय किशोर अवस्थाबाट शुरु हुन्छ र यो रोगले ३५ देखि ४५ वर्ष उमेर समूहलाई बढी प्रभावित गर्छ । महिलाको शरीरमा हर्मोनल उतारचढाव बढी हुने कारण (गर्भावस्था, मिन्सुरेसन, मेनोपज आदि हुने भएकोले) पुरुषमाभन्दा महिलाहरुमा माइग्रेनको समस्या बढी देखिन्छ । सामान्यतया पुरुषलाई भन्दा महिलालाई दुई गुणा बढी माइग्रेन हुने गरेको पाइन्छ ।

माइग्रेन अधिक सुख्खा खाना, अत्यधिक भोजन, लामो समय भोकै बस्नु, पूर्वतिरबाट आएको हावामा लामो समय बस्नु, अति चिसो खानपिन गर्नु, दिसापिसाब आदिको प्राकृतिक वेगहरुलाई रोक्नु, अत्यधिक परिश्रम गर्नु, र अत्यधिक कसरत गर्नाले हुने गर्छ ।

आधुनिक चिकित्सा विज्ञानमा टाउको दुखाइ ४ प्रकारका हुन्छन् ।

१. माइग्रेन,
२. टेन्सन टाइप हेडेक,
३. कलस्टर हेडेक
४. मेडिकेसन ओभरयुज टेन्सन हेडक ।

माइग्रेन किन हुन्छ ?

मेडिकल साइन्समा माइग्रेन के कारणले हुन्छ भन्ने कुरा अहिले सम्म पत्ता लगाई सकेको छैन । माइग्रेनलाई वंशानुगत रोगको रुपमा पनि लिन सकिन्छ । मानव शरीरको मस्तिष्कमा जैविक रसायनको असन्तुलनको कारण पनि माइग्रेनको समस्या आउने अनुमान वैज्ञानिकहरुले गरेका छन् । माइग्रेन हुँदा मस्तिस्कको कार्यहरुमा पनि असर पर्छ त्यसकारण रक्तनली र मस्तिष्कका नशाहरु सुन्निने गर्छ । माइग्रेन बढि तनाव, चिया कफि ज्यादा सेवन गर्नाले, प्रसस्त मात्रामा निद्रा नपुग्नाले र पेन किलरको बढि सेवनले पनि हुने गर्छ ।

माइग्रेनका लक्षणहरु
माइग्रेन लामो समय सम्म रहने जिर्ण किसिमको रोग हो । यो रोगको लक्षण बिरामी अनुसार फरक फरक हुने गर्छ ।

  • माइग्रेन हुँदा कुनै बिरामीको टाउकोको एक भागमा मात्र दुख्ने गर्दछ र तर करिब एक तिहाई बिरामीमा टाउकोको दुवै भागमा पिडा हुने गर्दछ ।
  • माइग्रेन हुँदा कहिले एकापट्टि र कहिले अर्कोपट्टि दुख्ने गर्दछ ।
  • यसमा टाउको टन्टनी दुख्ने, कहिलेकाहिं आँखाका गेडाहरु दुख्ने, निधार र घाँटीतिर पनि दुख्ने समस्या हुन्छ ।
  • वाकवाकि लाग्ने, बान्ता हुने, उज्यालो प्रकाश, हल्ला आवाज आदि सहन नसक्ने, हात–खुट्टा चिसो हुने आदि हुन सक्छ ।
  • टाउको दुखाई सुरु हुनु भन्दा अगाडी कसैकसैमा चिड्चिडापन आउने, निन्द्रा लागेको जस्तो हुने, लगातार हाईहाई आइरहने, थकाई महसुस हुने, मिजाजमा एक्कासी परिवर्तन आउने आदि समेत हुन्छ ।
  • टाउको दुखाई सक्किएको करिब २४ घन्टासम्म बिरामीले थकान महसूस गर्ने र मन्द टाउको दुखि रहेको जस्तो महसूस हुने गर्छ।

माइग्रेन रोकथामका उपायहरु

माइग्रेनको कुनै निश्चित उपचार नभएता पनि आफैले केही उपायहरु अपनाएर यसको दुखाईबाट धेरै हदसम्म आफुलाई बचाउन सकिन्छ ।

माइग्रेन क्याफिनले गर्दा बढ्ने भएकोले क्याफिन पाइने खानेकुरा जस्तै चिया, कफी, ब्राउन चक्लेट कम मात्रामा खानु लाभभदायक हुन्छ ।
राति एउटै समयमा सुत्ने बानी बसाल्ने, –
पूरानो शिशीको अचार, गुन्द्रूक, तामा जस्ता खानेकुराहरु नखाने साथै पिरो पनि कम खाने,
राम्रा कुरा सोचेर चिन्ता र तनावलाई मनबाट हटाउन कोसिस गर्ने,
घाममा धेरै नबस्ने, नहिड्ने, यदि घाममा हिड्नु परे छाताको प्रयोग गर्ने,
दुखाई कम गर्ने औषधि (पेनकिलर) को सेवन कम गर्ने किनकि यसप्रकारको औषधिको सेवन गर्नाले टाउकोको दुखाई एकछिन कम हुन्छ तर फेरि दुखाई बल्झिन्छ ।

अन्य केही कारणहरु जसले माइग्रेनको दुखाईलाई बढाउन सक्दछन्

कपाल रङ्गाउनाले,
कपालमा मेथी र तेल लगाउने,
राती समयमा नसुत्नाले,
कसैलाई च्याउको सेवनले पनि दुखाई सुरु हुने गरेको पाइएको छ ।
मनमा धेरै कुरा खेलाउनाले,
यदि तपाई टाउको दुखाईबाट पीडित हुनुहुन्छ भने तुरुन्त चिकित्सकको परामर्श लिदा लाभदायक हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button