समाचार

मन्त्रीले थुनाएका सुरक्षा गार्ड रिहा गर्न गृहमन्त्रीको निर्देशन -Good News 24

Gobal IME Bank

२० भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्नु भने कै कारण थुनामा परेका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न आदेश दिएका छन ।
गृहमन्त्री खाँणले सोमबार काठमाण्डौँ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भीएफएसका सुरक्षा गार्ड गुरूङलाई प्रहरीले आइतबार पक्रेको थियो । मन्त्री जस्तो ब्यक्तित्वलाई लाइनमा बस्नु भने पछि विवाद बढेको हो । स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनरामले आफुलाई नचिनेको र चिने पनि अभद्र ब्यवहाँर गरेको आरोपमा गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई पक्राउ गराएका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button