अन्यशिक्षा स्वास्थ

बिहानीको सुरुवात कसरी गर्ने ? पढ्नुहोस् … – Good News 24

Gobal IME Bank

बिहानको नित्यचर्या हाम्रो पुरै दिन सुरु गर्ने सबैभन्दा महत्वपुर्ण भाग हो । बिहानीको समय हाम्रो लागि स्वस्थ र उर्वर (प्रडक्टिभ) भयो भने हाम्रो पुरै दिन  राम्रो हुन्छ । त्यसैले बिहानीको समय हामीले ध्यानपुर्वक बिताउनुपर्छ । बिहानीको सुरुवात राम्रो सँग गर्नको लागि तयारी सुत्नुभन्दा अगाडी देखि नै हामीले गर्न थाल्यौँ भने फाइदाजनक हुन्छ ।

१. सुत्नुभन्दा अगाडि
प्राय मानिसहरुको सुत्नु भन्दा अगाडि नै बिहान छिट्टै , चाँडै उठ्न सक्दिन भन्ने सोचेर सुत्ने गर्छन् । यसप्रकारको नकारात्मक सोचले आफु नै डिमोटिभेट भइरहेको हुन्छौ । यस्तो सोचले गर्दा बिहान उठ्न हामीलाई गाह्रो हुन्छ । त्यसैले सुत्नुभन्दा अगाडि यस्तो किसिमको नकारात्मक कुरा होइन सकारात्मक कुराहरु सोचेर बिहान चाँडै उठ्ने कुरा सोचेर सुत्ने ।
बिहान उठ्दा आफ्नो घर फोहोर र भत्रगोल भएको देख्दा हामी उठ्ने बित्तिक्कै तनावमा पर्न सक्छौँ । यसले गर्दा बिहानको वातावरण नै खराब हुन जान्छ । त्यसैले सुत्नु भन्दा अगाडि घरमा सरसफाई गरेर सुत्दा बिहान उठ्ने बित्तिक्कै धेरै काम पनि गर्नु पर्दैन र बिहान हामी अरु प्रडक्टीभ कुराहरु गर्न सक्छौँ ।
रुम सफा गरिसकेपछि भोलिपल्ट लुगा लगाउन खोज्दा फेरि रुम भद्रगोल हुन सक्छ र हाम्रो काम गर्ने तालिकामा पनि धेरै काम थपिन जान्छ । त्यसैले भोलिपल्ट बिहान उठेर र अफिस , स्कुल वा कलेज जाँदा लगाउने लुगा पहिले , राती नै निकालेर तयार पारेर राख्ने र भोलिपल्ट बिहान उठे पछि गर्नुपर्ने कामको लिस्ट तयार पार्ने ।

२. बिहान
धेरै जसो मानिसहरुले बिहान उठ्नको लागि अलार्म सेट गर्दा स्नुज मोडमा राखेको हुन्छन् ताकि हाम्रो निद्रा विस्तारै खुलोस् र हामीलाई उठ्न सजिलो हुन्छ भनेर तर यसो गर्दा हामी झन् अल्छी हुन जान्छौ । अलार्मको आवाजले उठ्दा हामी गहिरो र आरामदायी निद्राबाट बिउँझिरहेको हुन्छौ र स्नुज मोडमा राखेर सुत्दा हामी फेरि हल्का निद्रामा जान्छौँ यस्ले अतिरिक्त निद्रा पाउन मद्दत होइन यसले गर्दा हामी झन् अल्छी हुन जान्छौँ । त्यसैले उठ्नको लागि अलार्म सेट गर्दा स्नुज मोडमा नराख्ने र अलार्म बज्ने वित्तिक्कै उठ्ने बानी बसाल्दा हाम्रो लागि फाइदाजनक हुन्छ ।
बिहान उठ्ने वित्तिक्कै खाली पेटमा एक अथवा दुई ग्लास पानी पिउने । हाम्रो मष्तिस्कमा ७० प्रतिशत पानि हुन्छ र राती ७ , ८ घण्टा सुत्दा हाम्रो मष्तिस्क डिहाइड्रेटेड हुन्छ त्यसैले बिहान पानी पिउँदा हाम्रो शरीरमा मेटाबोलिज्म बुस्ट हुन्छ र टक्सिनलाई सकाउछ । बिहान पानी पिउँदा हाम्रो मष्तिस्क र शरीर दुबैलाई उर्जा मिल्छ । तामाको जगमा राती पानी राखेर बिहान पिउँदा पनि फाइदाजनक हुन्छ र पानी बिस्तारै पिउने ।

बिहान उठ्दा हामीले नुहाउन , बिहानको खाजा खानको लागि र तयार हुनको लागि उपयुक्त समय पुग्ने गरि उठ्ने । बिहान काम , कलेज वा स्कुल जानु भन्दा २ घण्टा अगाडि उठ्ने बानी बसाल्ने । बिहान उठेर चिसो पानीले नुहाउने, यसरी चिसो पानीले नुहाउदाँ फ्रेस महसुस हुन्छ र हामीलाई स्फुर्तिलो पनि बनाउछ ।
बिहान उठेर अरु काम गर्ने क्रममा राम्रो किसिमको संगीतहरु सन्दै काम गर्दा हाम्रो मुड राम्रो बन्न मद्दत मिल्छ । विभिन्न मेडिटेसनल संगीत वा प्रवचन सुन्दा पनि हामीलाई मद्दत मिल्छ । उठ्ने वित्तिक्कै ओछ्यान मिलाउने बानी बसाल्नु हाम्रो लागि धेरै फाइदाजनक हुन्छ । यु एस नेभिको नौ सेनापति विलियम ह्यारी म्याकरेभनले आफ्नो स्पिचमा भनेका छन् ” if you wanna change the world start off by making your bed ” विश्व बदल्न चाहानुहुन्छ भने सुरुवात आफ्नो बेडबाट गर्नुहोस् । यसो गर्दा हाम्रो मष्तिस्कलाई हाम्रो पहिलो कार्य पुरा भएको सिग्नल प्राप्त हुन्छ र दिनको बाँकी काम गर्न पनि उत्प्रेरित गर्छ ।

बिहानको खाना कहिले पनि स्किप नगर्ने बानL बसाल्नुपर्छ । बिहान ब्रेकफास्ट गर्दा स्वस्थ किसिमको खाना खाँदा चिल्लो , धेरै प्रशोधन गरेको र गुलियो खाना नखाने । प्रोटिनयुक्त खाना वा फलफुलहरु खाने बानि बसाल्ने । बिहानमा दहि , फलफुल , ओट्स र रोटी तरकारी जस्तो खाना खाने ।

३. उर्वर   प्रडक्टिभ कार्य गर्ने
बिहानमा एनर्जि बुस्ट गर्नको लागि व्यायामहरु गर्ने । हरेक दिन बिहान उठे पछि १० मिनेट हल्का व्यायाम गर्ने बानी बसाल्ने । यसो गर्दा दिनभर हाम्रो शरीर स्फुर्तिलो हुन जान्छ । एकछिन घर बाहिर हिड्ने , मर्निङ वाल्कको लागि जाने वा योगा गर्ने ।

यो पनि पढ्नुहोस् ….

युवा पुस्ताले के कस्ता कुराहरुमा ध्यान केन्द्रित गर्ने ? पढ्नुहोस्…

 

युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस्

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button