मनोरञ्जनसमाचार

‘नेपाली कलाकार सहयोगी हुनहुन्छ’ : अभिनेत्री उगेन छोदेन – Good News24

Gobal IME Bank

काठमाडौँ । भूटानी अभिनेत्री उगेन छोदेनले नेपाली फिल्म ‘२ नम्बरी’ मा अभिनय गर्न पाउँदा खुसी लागेको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली कलाकारले आफूलाई सौहार्दपूर्वक सहयोग प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा पहिलो काममा नै राम्रो अनुभव सँगालेकी छु । मलाई सम्पूर्ण टीमले सघाउँदा काम गर्न सजिलो भयो । छायाङ्कनकै क्रममा नेपाली भाषासमेत सिके ।” उहाँले फिल्ममा भूटानबाट नेपाल घुम्न आएकी युवतीको भूमिका निर्वाह गर्नुभएको छ ।

उगेनलाई नेपाली फिल्ममा स्वागत गर्दै अभिनेता दयाहाङ राईले कलाकारितासँगै बजार र संस्कृति पनि जोडिएको बताउनुभयो । “उगेनजीसँगै हाम्रो बजार भूटानमा केही भए पनि विस्तार हुन्छ । साथै संस्कृति पनि दुवै देशको जोडिएर पर्दामामार्फत प्रवद्र्धन हुन्छ”, अभिनेता राईले बताउनुभयो । उहाँले फिल्मसँग स्क्रिप्टदेखि नै जोडिएको जनाउँदै राम्रो विषयवस्तु उठान गरिएको बताउनुभयो । निर्देशक दीपेन्द्र लामाले गम्भीर विषयवस्तुलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको जानकारी दिनुभयो ।

“हामी आफ्नै कथालाई फिल्मी शैलीमा प्रस्तुत गर्ने उद्देश्यका साथ निर्माणमा जुटेका थियौँ । यसले मित्रता र मायासँगै सामाजिक विषयवस्तुलाई उठान गरेको छ”, निर्देशक लामाले भन्नुभयो । आयोजित पत्रकार सम्मेलन कलाकारहरु उपासना सिंह ठकुरी, पुस्कर गुरुङ, प्रस्तुतकर्ता किरण नेपालीसँगै निर्माता रहनुभएका गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री राजीव गुरुङको उपस्थित हुनुहुन्थ्यो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button