मनोरञ्जनसमाचार

आजबाट नेपाली हलमा ‘दृश्यम-२’

Gobal IME Bank

काठमाडौँ । बलिउड चलचित्र ‘दृश्यम-२’ आज शुक्रबारबाट नेपाली हलमा प्रदर्शनमा आएको छ। अभिषेक पाठकले निर्देशन गरेको फिल्ममा अजय देभगनसँगै अक्षय खन्ना, तब्बु, श्रीया सरन, इशिता दत्ता, मृणाल जाधव, रजत कपूर लगायत कलाकारको अभिनय रहेको छ।

भुषण कुमार र कृष्ण कुमारले प्रोड्युस गरेको यो चलचित्रमा सुधीरकुमार चौधरीले छायांकन गरेका छन् भने सन्दीप फ्रान्सीसले सम्पादन गरेका हुन्। नेपाली हलमा सोलो रिलिजको अवसर पाएको यो फिल्मको लगभग ५० प्रतिशत शोहरू सोल्डआउट भइसकेका छन् ।

यो फिल्म सन् २०१५ मा रिलिज भएको ‘दृश्यम’ को सिक्वेल हो। ‘दृश्यम-२’ मा पहिलो भागकै कहानीलाई निरन्तरता दिइएको छ। विजय सालगांवकर र उनको परिवारसँग सम्बन्धित मुद्दा बन्द भएको ७ वर्षपछि पुनः खोलिएको छ।

सन् २०१५ मा प्रदर्शन भएको बलिउड फिल्म ‘दृश्यम’लाई दर्शकले निकै रुचाएका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button