मनोरञ्जनसमाचार

‘के घर के डेरा’ को ट्रेलर सार्वजनिक, रङ्गमञ्चका कलाकारहरु एउटै पर्दामा – Good News 24

Gobal IME Bank

काठमाडौं । तिहारलाई लक्षित गर्दै पर्दशनमा आउन लागेको चलचित्र ‘के घर के डेरा’ को ट्रेलर सार्वजनिक भएको छ । नेपाली सिनेमा जगतमा पछिल्लो समय दर्शकहरुले निकै रुचाएका कलाकारहरु अभिनित चलचित्र ‘के घर के डेरा’ को ट्रेलर भर्खरै मात्र G21 Digital को आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

चलचित्रमा दाया ह्याङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत र रविन्द्र झा जस्ता चर्चित कलाकारहरुको बेजोड अभिनय रहेको छ । चलचित्रको ट्रेलर हेर्दा चलचित्र केहि कमेडी विधाको जस्तो देखिन्छ । त्यसो त चलचित्रमा दाया ह्याङ राई, विपिन कार्कि, सुरक्षा पन्त जस्ता कलाकारहरुको अभिनय भएपछि दर्शकहरु त्यसैपनि उत्साहित हुने गर्छन् ।

दाया ह्याङ राईको कब्बडी, विपिन कार्कीको लुट र जात्रा त्यस्तै सुरक्षा पन्तको धनपति र आमा जस्ता चलचित्रहरुले दर्शकहरुको निकै माया पाएका हुन् ।

सिने क्षेत्रमा रङ्गमञ्चको द्वार हुँदै प्रवेश गरेका यस्ता प्राकृतिक अभिनय गर्न सक्षम कलाकारहरुको चलचित्र भने दर्शकले पछिल्लो समय निकै रुचाउने गरेको पाईन्छ । चलचित्र के घर के डेरा को निर्देशक दिपेन्द्र के खनाल हुन् । चलचित्र कार्तिक ४ गते प्रदर्शनमा आउने छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button