गुड न्यूज 24सफल कथासमाचार

नबिल बैंक कसरी बन्यो बैंकिङ सेक्टरको राजा ?

Gobal IME Bank

काठमाडौँ । बैंकिङ सेक्टरको राजा भनेर परिचित नबिल बैंक यो मुकाम सम्म कसरी पुग्यो होला ? अहिले नबिल बैंक देशभरी विश्वव्यापी मानक बैंकिङ अभ्यास प्रडक्ट र सर्भिस दिने बैंकको रुपमा स्थापित भएको छ । नबिल बैंकले नै पहिलो पटक नेपालमा कन्सोर्टियम फाइन्यान्सीङको अभ्यास सुरु गरेको थियो । नेपालमा थुप्रै बैंकहरु छन् तर नबिल बैंक यी सबै बैंकहरु भन्दा अब्बल र सफल बैंक कसरी बनेको छ ?

नेपालको इतिहास अनुसार नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड हो । यो बैंकको स्थापना हुँदा यसमा एक करोड सिक्का अधिकृत पुँजी थियो । यसबेला सम्म नोटको सुचारु भएको थिएन र १८ वर्ष पछि नेपाल सरकारले नेपाल राष्ट्र बैंक ऐन सुरु गरेको थियो यसको मुख्य उदेश्य नेपालमा बैंकिङ सिस्टमलाई राम्रो बनाउनु थियो । सन् १९५५ मा नेपाल सरकारले नेपाल राष्ट्र बैंकलाई नेपालको सेन्ट्रल बैंकको रुपमा घोषित गरिएको थियो । त्यस पश्चात नेपालमा नोटहरु सुचारु हुन थालेको थियो ।

सन् १९८० सम्म बैंकिङ सेक्टरहरु सबै नेपाल सरकारको हातमा थियो जसमा कृषि बिकास बैंक , राष्ट्रिय बाणिज्य बैंक , नेपाल बैंक लिमिटेड र नेपाल राष्ट्र बैंक पर्छन् । यी बैंकहरुले नेपालको बैंकिङ सिस्टमलाई कन्ट्रोल गरिरहेको थियो । यसको ४ बर्ष पछि नेपालमा प्राइभेट बैंकिङ इन्डस्ट्रीको सुरुवात भएको थियो जसमा नबिल बैंक र अन्य बैंक नेपाल इन्भेसमेन्ट बैंक, स्टान्र्डर्ड चार्टेड बैंकले नेपाल बैंकिङ इन्डस्ट्रीमा प्रवेश गरेको थियो ।

नबिल बैंकको स्थापना सन् १९८४ जुन १२ मा भएको थियो नबिल बैंक निजी स्वामित्वको वाणिज्यको बैंक थियो । यसको स्थापना हुँदा नबिल बैंक संयुुक्त उद्यम बैंक थियो र यसको नाम नेपाल अरब बैंक थियो । यो नाम सन् २००१ मा परिवर्तन गरेर नबिल बैंक राखिएको थियो । नबिल बैंकलाई नम्बर १ मा आउनको लागि धेरै समय र मिहेनेत लागेको थियो । सन् २०११ मा नबिल बैंकको अध्यक्ष सत्येन्द्र श्रेष्ठ नेपाल बंगलादेश बैंकबाट लिएको लोन तिर्न नसकेको कारणले गर्दा कालो सुचिमा परेका थिए ।

सन् २०१३ मा नबिल बैंक नेपाल राष्ट्र बैंकमा २ करोड ५० लाख डिपोजीट गर्न जाँदा लुटिएको थियो । त्यसबेला बैंकको आम्दानी २० प्रतिशतले घटेको थियो । तरपनि बैंक सञ्चालन भने भइ नै राख्यो । सन् २०१३ मा बैंकमा महत्वपूर्ण व्यक्तिहरुलाई राखिएको थियो । बैंकमा सिइओ,अध्यक्ष र निर्देशकहरुलाई नियुक्त गरिएको थियो । त्यहीबेला अरु बैंकहरुले नबिल बैंकसँग प्रतिस्पर्धा गरिरहेको थियो र ती बैंकहरुले राम्रो पर्फम गरिरहेका थिए । तर बैंक सञ्चालन गर्ने व्यक्तिहरु राम्रो भएको कारणले गर्दा एउटै क्वार्टरमा ३० प्रतिशतले बढ्दा नबिल बैंक फेरी नम्बर १ मा आएको थियो । त्यसबेला नबिलले आफ्नो स्मार्ट कर्मचारीको प्रयोग गरी स्पोन्सरसीप, च्यारिटी गरेर पब्लिक रिलेसन् राम्रो बनाएको थियो । नबिल बैंक आफ्नो कर्मचारीको इनोभेटिभ र स्मार्ट आइडियाको प्रयोग गरेर बैंकिङ सेक्टरलाई लिड गर्दै थियो । नयाँ प्लान, अनलाइन रिर्सोस, धेरै भन्दा धेरै एटिएम र आफ्नो कस्टुमरलाई राम्रो सर्भिस र सुविधा दिन नबिल बैंक अगाडी नै भएको थियो ।

सन् २०१७ मा अरु पनि थुप्रै ठूला बैंकहरु स्थापित भएको थियो र नबिल बैंकसँग राम्रो प्रतिस्पर्धा गरिरहेको थिए । नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेष्ट बैंक र स्टान्डर्ड चार्टेड बैंक इत्यादि नेपालको बैंकिङ इन्डस्ट्रीमा पिलरको रुपमा रहेको थियो । नबिलले यतिबेला स्थिर प्रोफिट जेनेरेट गरिरहेको थियो र आफ्नो बैंककका सेयर होल्डरहरुलाई राम्रो प्रोफिट दिई रहेको थियो । सन् २०१७ को अन्तिममा ससिन जोशीले नबिल बैंकको सिइओको पोजिसनबाट राजिनामा दिनुभयो र ८ वर्ष पछि अनिल केसरी शाह लाई नबिल बैंकमा सिइओको पोस्टमा नियुक्त गरियो । नबिल बैंकले आफ्नो कस्टुमरलाई राम्रो सर्भिस दिइरहेको थियो त्यसका साथै विभिन्न ब्लड डोनेसन अभियानहरु चलाएर पब्लिक रिलेसन राम्रो बनाइरहेको थियो । नबिल बैंकले आफ्नो सम्पत्तिको राम्रो सँग प्रयोग गरेर आफ्नो प्रोफिट बढाउदै गएको थियो ।

नबिल बैंकले सोसाइटिको एक मात्र वर्ग होइन हरेक वर्गको व्यत्तिको लागि विभिन्न छुट्टाछुट्टै विभिन्न प्लान र सर्भिसहरु दिन थाल्यो र पब्लिकसँग रिलेसन राम्रो बनाउन थाल्यो । नबिल बैंक र पिब्जलकमा बनेको राम्रो सम्बन्धको कारणले गर्दा इन्भेस्टरहरु नबिल बैंक प्रति आकर्षित हुन थाले । नबिल बैंकले आफ्नो टिममा मान्छे राख्दा स्मार्ट र मिहेनती मान्छेलाई मात्र राख्छ टिममा मान्छे राम्रो हुँदा बैंक राम्रो सँग सञ्चालन हुन्छ । कोभिडको समयमा पनि नबिल बैंक नम्बर १ पोजिसनमा थियो । अहिले नबिल बैंकको नेपालभरी १३५ वटा ब्रान्च छ र १६५ भन्दा बढी एटिएमहरु छन् । नबिल बैंकले वार्षिक ४ अर्ब ५० करोड नेट प्रोफिट बनाउँछ । सिइओ अनिल केसरी शाहले नबिल बैंकको सफलताको श्रेय आफ्नो टिमलाइ दिनुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button