समाचार

नागरिकता विधेयक २०७९ पारित गरिँदै -Good News 24

Gobal IME Bank

काठमाडौं, असार ६ । सरकारले नागरिकता विधेयक संसदमा पारित गर्ने तयारी गरेको छ । शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयकमाथि परेका संशोधनमाथि हाउसमै छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेकाे छ । सामान्यतया विधेयकहरुमाथि दफावार छलफल गर्न विषयगत समितिमा पठाउने गरिन्छ । संसद सचिवालयका अधिकारीहरुका अनुसार प्राप्त संशोधनलाई ख्याल गरेर हाउसमै छलफल गर्ने कि विषयगत समितिमा पठाउने भन्ने निर्धारण गर्ने गरिन्छ।
विगतमा नागरिकता विधेयकका विषयमा समितिहरुमा पठाउँदा गिजोलिएको र सरकारले चाहेको समयमा पारित गराउन नसकेको जस्ता प्रसङ्गहरुमा सरकारले हाउसमै छलफल गरेर सिधै पारित गराउन चाहेको छ । सरकारले गरेको चाहना अनुसार सभामुखले पनि संसद बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयकलाई राखेका छन् । अन्य निर्णय पनि प्रतिनिधिसभाको कार्यव्यवस्थामा परामर्श हुने समतिले बताएका छन्

सम्भावित कार्यसूची अनुसार शुक्रबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिदै छ । त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव संसदमा पेस गर्नेछन् । अन्य निर्णयहरु पनि हुन सक्ने संसद सचिवालयका समितिहरुकाे वताएका छन् ।

-खेल राज कार्की

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button