मुख्य समाचारसमाचार

गीत, संगीत तथा साहित्यका माध्यमबाट संस्कृति स्थापित गर्न आवश्यकः उपराष्ट्रपति – Good News 24

Gobal IME Bank

काठमाडौं ।  उपराष्ट्रपति नन्दबहादुर पुनले गीत, संगीत तथा साहित्यका विविध माध्यमबाट देशको संस्कृतिलाई स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आईतवार एएमएस नेशनल होनर एण्ड अवार्ड २०७९ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक एवं प्राकृतिक विविधताले भरिपूर्ण  र भाषा, साहित्य कला र संस्कृतिले समृद्ध रहेको उल्लेख गर्दै सांस्कृतिक माध्यमबाट विश्वमा नेपालको पहिचान दिनसक्नुपर्ने बताउनु भयो । उहाँले मानिस भाषा, संस्कृति र संस्कारबाट अलग हुन नसक्ने भन्दै देशको पहिचान जोगाइराख्न, राष्ट्रिय एकतालाई सुदृढ गर्न, देश भक्तिभावले नागरिकलाई ओतप्रोत बनाइराख्न, तथा भोलिका सन्ततीहरुलाई सहजतापूर्वक हस्तान्तरण गर्न भाषा, संस्कार, संस्कृतिको संरक्षण र संवद्र्धन अनिवार्य रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देश बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहु सांस्कृतिक एवं प्राकृतिक विविधताले भरिपूर्ण छ । भाषा, साहित्य कला र संस्कृतिले समृद्ध छ । हाम्रो मौलिक संस्कृति विश्वमा नेपालको प्रमुख पहिचान तथा चिनारी बनेको छ । गीत, संगीत तथा साहित्यका विविध माध्यमबाट हामीले हाम्रो संस्कृतिलाई स्थापित गर्ने प्रयास गरिरहेका छौँ । मानिस आफैँमा सांस्कृतिक प्राणी हो । भाषा, संस्कार, संस्कृति हाम्रो प्राण हो । एउटा उन्नत चेतनाको उपज पनि हो । उन्नत चेतनाले सधैँ आफ्नो माटोमा फलेको फुलेको भाषा,संस्कार, संस्कृतिको जगेर्नाको समृद्धिमा ध्यान दिन्छ । हामी मानिस हाम्रो भाषा, संस्कृति र संस्कारबाट अलग हुन सक्दैनाँै । हामीले देशको पहिचान जोगाइ राख्न राष्ट्रिय एकतालाई सुदृढ गर्न देश भक्तिभावले नागरिकलाई ओतप्रोत बनाइराख्न, तथा भोलिका सन्ततीहरुलाई सहजतापूर्वक हस्तान्तरण गर्न हाम्रो भाषा, संसकार, संस्कृतिको संरक्षण र संवद्र्धन अनिवार्य छ ।’

उपराष्ट्रपति पुनले देश बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहु सांस्कृतिक एवं प्राकृतिक विविधताले भरिपूर्ण रहेकाले यसको संरक्षणमा जोड दिनुपर्ने बताउनु भयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button