मनोरञ्जनसमाचार

नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पल शाहले दिए उच्चमा पुनरावेदन

Gobal IME Bank

काठमाडौँ । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध हाल कारागारमा रहेका अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।

नवलपुर जिल्ला अदालतले नाबालिकामाथि यौन दुरुपयोग गरेको मुद्दामा अभिनेता शाहलाई दोषी ठहर गरेको थियो । उनले जिल्ला अदालतको फैसला उल्ट्याई सफाइ दिनुपर्ने माग राख्दै पुनरावेदन दिएका हुन् ।

जिल्ला अदालत नवलपुरले अभिनेता पल शाहमाथी बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । उनीविरुद्ध सोही प्रकृतिको मुद्दा जिल्ला अदालत तनहुँमा विचाराधीन छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button