मनोरञ्जनमुख्य समाचारसमाचार

बंगलादेशमाथि नेपालको शान्दार जित, ‘अन्जनको ह्याट्रिक’ – Good News 24

Gobal IME Bank
photo: sushil puri

काठमाडौं । बंगलादेशमाथी नेपालले जित हासिल गरेको छ । दशरथ रङ्गशालामा आज भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले ३ गोल गर्दै बंगलादेशमाथी जित हासिल गरेको हो ।

खेलमा नेपालको तर्फबाट ३ गोल गर्दै अन्जन विष्टले ह्याट्रिक गरेका थिए भने बंगलादेशका लागि सजाद होसेनले एक गोल फर्काएका थिए ।

यससँगै अन्जन नेपालका लागि अन्तराष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी बनेका छन् । यस अघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन राइमाझी,भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन्।

खेलको समय सकिएपछि ४ मिनेटको थप समय गरिएको थियो तर पनि दुबै टोलीले थप गोल गर्न सकेनन् र नेपाल ३-१ ले विजयी भयो ।

नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button