मुख्य समाचारसमाचार

नेपाल बार एशोसिएशनले ६७औँ स्थापना दिवस मनायो

Gobal IME Bank

काठमाडौँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले आज ६७औँ स्थापना दिवस शुभकामना आदान-प्रदान तथा चियापान गरी मनाएको छ ।

उक्त कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हा, न्यायाधीश सपना मल्ल प्रधानलगायत बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताको उपस्थिति रहेको थियो ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले कानुन दिवसका अवसरमा सम्पूर्ण कानुन व्यवसायीलाई शुभकामना दिँदै स्वतन्त्र, सक्षम तथा जनउत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि बारले काम गर्दै आएको बताउनुभयो ।

बार एशोसिएशनले प्रत्येक वर्ष पुस ७ गते स्थापना दिवसका अवसरमा चियापन कार्यक्रम गर्दै आएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button