समाचार

विद्युत् प्राधिकरणको नाफा १६ अर्ब ९ करोड -Good News 24

Gobal IME Bank

नेपाल विद्युत प्राधिकरणको वाषिर्क नाफा १६ अर्ब ९ करोड रुपैयाँ भएको छ । यस बर्ष गत वर्षको तुलनामा १६४ प्रतिशतले नाफा बढेको प्राधिकरणको जनाएको छ । २०७८/७९को वित्तीय विवरण अनुसार वाषिर्क आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । सार्वजनिक संस्थाहरुमा सबैभन्दा बढी आम्दानी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ । यस संगै यो बर्ष बिद्युत चुहावट पनि गटेको उनले बताएका छन । उनले भने, “चुहावट घटेको छ, प्रभावकारी रुपमा खर्च नियन्त्रण भएको छ, अन्य आम्दानी बढेको छ जसले गर्दा प्राधिकरणको नाफा बढेको छ ।’
आव २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुँदै गएपछि यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको वित्तीय अवस्थामा परेको घिसिङले बताएका छन । संगसंगै विद्युत चुहावट १५.३८ प्रतिशतमा झरेको उनले बताएका छन भने विद्युत निर्यात बढेको छ आयात घटेको छ । जसले गर्दा प्रत्यक्ष खुद नाफा बढ्न गएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button