मनोरञ्जनसमाचार

नेपाल र पाकिस्तानबीच हुने मैत्रीपूर्ण फुटबलको प्रि म्याच

Gobal IME Bank

काठमाडौं । नेपाल र पाकिस्तानबीच बुधवार साँझ ५ बजे शुरु हुने खेलका आज लागि आज प्रि म्याच कन्फ्रेन्स हुँदैछ । भोलि हुने खेलका लागि एन्फाले आज प्रि म्याच कन्फ्रेस गरी जानकारी दिन लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल हेर्नका लागि भिआइपीतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ दरको टिकट शुल्क निर्धारण गरेको छ । एन्फाले यसअघि नेपाल र बंगलादेशबीच असोज ११ गते भएको मैत्रीपूर्ण खेलमा जस्तै ८० वटा भिभिआइपी टिकटको मूल्य ५ हजार रुपैयाँ तोकेको छ ।

टिकट खरिद गर्नेमध्ये एक भाग्यशाली विजेताले ब्राजिल र क्यामरुनबीचको विश्व कप खेल हेर्न पाउने एन्फाले जनाएको छ । दशरथ रंगशलामा असोज ११ गते भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ ले हराएको थियो । खेलमा अञ्जन बिष्टले ह्याट्रिक गरेका थिए ।

यसपटक शहीद स्मारक ए डिभिजन लिगको च्याम्पियन मच्छिन्द्र क्लवका प्रशिक्षक प्रवेश कटुवाललाई एन्फाले पाकिस्तानबिरुद्धको खेलको प्रशिक्षण गर्ने जिम्मेवारी दिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button