गुड न्यूज 24मुख्य समाचारसमाचार

जीवनमा एकपटक घुम्नै पर्ने नेपालका दश ठाउँहरु…

Gobal IME Bank

हामी सबैलाई नयाँ नयाँ ठाउँमा घुम्ने र तिनीहरुको बारेमा अवलोकन गर्ने मन हुन्छ नै । हाम्रो देश नेपाल पनि प्राकृतिक सुन्दरताले भरिपूर्ण छ र यहाँ विभिन्न रमणीय स्थलहरु छन् । जीवनमा एकपटक घुम्नै पर्ने सुन्दर ठाउँहरु नेपालमा रहेका छन् । ती मध्ये नेपालका यी १० ठाउँहरु हामी सबैले जिवनमा घुम्नैपर्ने ठाउँहरु हुन् ।

१) पाँचपोखरी


नेपालको राजधनी काठमाडौँको छिमेकी जिल्ला सिन्धुपालचोकमा अवस्थित पाँचवटा पोखरीहरुको संगम नै पाँचपोखरी हो । समुन्द्र सतहबाट ४१०० मिटर को उचाइमा रहेको पाँचपोखरी बौद्ध र हिन्दु र्धमावलम्बीहरुको ठुलो धार्मिक स्थल पनि हो जहाँ जनै पूर्णिमको दिन भव्य मेला हुने गर्छ । चारैतिरबाट पहाडले घेरिएको यो पाँचपोखरी ताल र यहाँबट देखिने मनमोहक दृश्य नै यहाँको आकर्षण हो ।

२) रारा राष्ट्रिय निकुञ्ज

मुगु र जुम्ला जिल्ला अन्तर्गत पर्ने यो सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज हो । यहाँको मुख्य आकर्षण भनेको दिनमा तिन पटक रङ्ग बदल्ने रारा ताल हो । रारा नेपाल कै सबैभन्दा ठुलो र गहिरो ताल हो । यहाँ पन्द्र सय भन्दा बढी जिवजन्तु र प्राकृतिक वनस्पतिको केन्द्र हो ।

३) लुम्बिनी


लाईट अफ एशिया अर्थात गौतम बुद्धको जन्मस्थल र संसार भरिकै बौद्ध धर्मावलम्बीरुको मुख्य धार्मिक स्थल हो लुम्बिनी । रुपन्देही जिल्ला अन्तर्गत पर्ने लुम्बिनी धार्मिक र प्राकृतिक रुपले प्रसिद्ध छ । यहाँ मुख्य घुम्नै पर्ने ठाउँहरुमा अशोका स्तम्भ, माया देवी मन्दिरका साथै सयौं गुम्बा तथा पोखरीहरु रहेका छन् । वार्षिक लाखांैभन्दा बढी पर्यटकहरु आउने यो ऐतिहासिक स्थल विश्व सम्पदा सुचिमा पनि सुचिकृत रहेको छ ।

४) चितवन राष्ट्रिय निकुञ्ज


नेपालको मध्य तराईमा अवस्थित चितवन जिल्लामा रहेको यो निकुञ्ज दुर्लभ वन्यजन्तुहरु जस्तै पाटेबाघ, एक सिंगे गैंडा, घडियाल गोहीको बासस्थान हो । नेपालको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्जको रुपमा चिनिने यो राष्ट्रिय निकुञ्ज लगभग ९४ हजार हेक्टर क्षेत्रफलमा रहेको छ । विश्व सम्पदा सुचीमा समेत रहेको यो निकुञ्जमा हात्ती सफारी, जिप सफारी आदिको मज्जा लिन सकिन्छ ।

५) नाम्चे बजार


विश्कै सर्वोच्च सगरमाथा जाने एकमात्र द्वार हो नाम्चे बजार । समुन्द्र सतहभन्दा ३ हजार ४ सय ४० मिटरको उचाईमा रहेको यो सानो बजार निकै नै सुन्दर रहेको छ । शेर्पा समुदायको बाहुल्यता रहेको यहाँ सबैभन्दा बढी बिदेशी पर्यटकहरु आउने गर्दछन् । जस्ले गर्दा यो जिल्ला सोलुखुम्बुमा नेपालकै सबैभन्दा बढि सातओटा विमानस्थलहरु रहेका छन् । विश्व चर्चित लुक्ला विमानस्थल पनि यहि क्षेत्रअन्तर्गत पर्दछ । ट्रेकिङको लागि र सगरमाथा र अन्य हिमश्रृङखलाहरुको अवलोकनको लागि यो ठाउँ राम्रो गन्तव्य बन्न सक्छ ।

६) बरुण उपत्यका


मकालु बरुण राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने यो संसारकै सबैभन्दा सुन्दर उपत्यकाको रुपमा चिनिन्छ । मकालु हिमालको काखमा रहेको यो उपत्यकाबाट देखिने हिमश्रृङखला र यहाँबाट बग्ने हिम नदिको सुन्दरता निकै नै लोभ लाग्दो देखिन्छ । यहाँ पच्चिसभन्दा बढी प्रजातीका गुराँसका साथै विभिन्न प्रकारका औषधीजन्य जडिबुटीहरु पाईन्छ ।

७) मुस्ताङ


हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङका सम्पुर्ण ठाउँ नै मनमोहक छन् । ती मध्ये मुक्तिनाथ मन्दिर यहाँको मुख्य आकर्षण हो । थकाली समुदायको मुख्य बासस्थान रहेको यो क्षेत्र पदयात्राको लागी मुख्य आकर्षण हो ।

८) लाङटाङ राष्ट्रिय निकुञ्ज


रसुवा, नुवाकोट र सिन्धुपालचोक जिल्लमा फेलिएको यो नेपालको चौथो पुरानो संरक्षित क्षेत्र हो । विश्वकै दुर्लभ रातो पाण्डा, हिम चितुवा लगायत अन्य वन्यजन्तुहरुको बासस्थानको रुपमा यो राष्ट्रिय निकुञ्जलाई लिईन्छ । हिन्दु समुदायहरुको धार्मिक सम्पदा बोकेको गोसाईकुण्ड पनि यहि लाङटाङ क्षेत्रमा पर्दछ । जनै पुर्णिमाको दिन यहाँ ठुलो मेला लाग्ने गर्दछ ।

९) काठमाडौं


काठमाडौं नेपालको राजधानी मात्रै नभई यो दक्षिण एशियाको ऐतिहासिक तथा प्राचिन थलो हो । यो पशुपतिनाथ, बुढानिलकण्ठ लगायत स्वयम्भु, बौद्धनाथका साथै सयौं मन्दिर, मस्जित र गुम्बाहरुको सहर पनि हो । काठमाडौं क्षेत्रफलमा सानो भएपनि यहाँका सात ठाउँहरु विश्व सम्पदा सुचीमा सुचिकृत छन् ।

१०) पोखरा


हाम्रो देश नेपालको मुटुमा रहेको पोखरा नेपालकै सबैभन्दा सुन्दर सहरको रुपमा परिचित रहेको छ । तशर्थ यसलाई नेपालको पर्यटकिय राजधानी पनि भनिन्छ । प्राकृतिक पोखरी जस्तै फेवाताल, बेगनास ताल लगायत डेभिड फल्स, महेन्द्र गुफा, विन्धवासिनी मन्दिर यी सबै प्रसिद्ध ठाउँहरु पोखरा क्षेत्रभित्र नै पर्दछन् । धार्मिक तथा पर्यटकिय महत्व बोकेको यो सहरमा वार्षिक लाखौं स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् । जसले यहाँको आर्थिक बिकासलाई ठुलो सहयोग पनि पुर्याएको छ । यतिमात्रै नभई यहाँ पर्यटकहरु पाराग्लाईडिङ, बन्जि जम्पका साथै बोटिङका लागि पनि आउने गर्दछन् । विश्व प्रसिद्ध ट्रकेकिङ रुट अन्नपूर्ण सर्किट पनि यहिबाट सुरु हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button