मनोरञ्जनमुख्य समाचारसमाचार

थ्री नेशन्स कपः लाओसमाथी जित निकाल्दै नेपालले जोड्यो ३ अंक

Gobal IME Bank

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले जित हाँसिल गरेको छ ।
नेपाल र लाओसबिच बुधबार भएको खेलमा २-० गोलले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको हो। खेल आज त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा भएको थियो ।

नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले १/१ गोल गरे।

जितसंगै नेपालले ३ अंक जोडेको छ। सिंगल राउण्ड रोबिनको आधारमा हुने नेपाल‚ भुटान र लाओस सम्मिलित प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन्।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले ५ हजार अमेरिकी डलर र दोस्रो हुने टोलीले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन्।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् , भने दोस्रो हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button