समाचार

“आँखाले देख्ने गरी विकास गरेर देशमा समृद्धि ल्याउँछौ ।” : महामन्त्री शर्मा

Gobal IME Bank

झापा । नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको छ ।

भद्रपुर नगरपालिका–१० स्थित वीपी चोकमा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उहाँले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताए मात्र विकासको सही अनुभूति हुने खालका काम हुने बताउनुभयो । महामन्त्री शर्माले भन्नुभयो, “कागजमा हेर्दा वा कानले सुन्दा आनन्द हुने विकास होइन, हामी आँखाले देख्ने गरीको विकास गरेर देशको समृद्धि दिलाउँछौँ ।” उहाँले नेपाली नागरिकलाई सुखी, खुसी र समृद्धिको यात्रामा लैजान आफ्नो उम्मेदवारी रहेकाले मतदातालाई जिताउन आग्रह गर्नुभएको हो ।

कार्यक्रममा प्रदेश ‘१’ का उम्मेदवार गोपाल तामाङले राजनीतिलाई सेवा ठानेर चुनावी मैदानमा होमिएको बताउनुभयो । यस्तै प्रदेशसभा (२) का उम्मेदवार श्यामवीर लिम्बूले मजदुर, किसान, सर्वहाराको उन्नतिका लागि इमान्दार भएका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button