गुड न्यूज 24समाचार

नेपाली विद्यार्थीहरुको लागि पार्ट टाइम जबहरु

Gobal IME Bank

काठमाडौं । विद्यार्थीहरुलाई आमा बुवाले दिएको पकेट मनी कतिपटक अपुग नै भईरहेको हुन्छ । कतै साथीसँग घुम्न जाँदा, आफ्नो लागि केही खरीद गर्नु परेमा पैसा नहुदा आफैलाई अप्ठेरो महसुस हुन्छ र कुनै समय त आफुसँग पैसा नभएको कारण आफुलाई मन लागेको कुराहरु नगरी पनि बस्नुपर्ने अवस्था आइपुग्छन् । आफ्नो पढाई पुरा नगरी कामको लागि विद्यार्थीहरु हिड्नु पक्कै पनि स्वभाविक हुँदैन तर पार्ट टाइम जब गरेर भने उनिहरुले आफ्नो आवश्यकता पुरा गर्न सक्छन् । नेपालमा यस्ता धेरै प्लेटफर्महरु छन् जहाँ काम गरेर विद्यार्थीहरुले आफ्नो खर्चको लागि पैसा सजिलै कमाउन सक्छन् ।

१) ट्युटर
आफुलाई टिचिङमा इन्ट्रेस्ट छ भने विद्यार्थीहरुले घरमा नै बसेर आफ्नो छरछिमेकमा भएका बच्चाहरुलाई पढाएर पनि पैसा कमाउन सक्छन् । हाम्रो टोलमा धेरै आमाबुवा आफ्नो बच्चालाई सकेसम्म घर नजिकै नै ट्युसन पढाउन खोजिरहेका हुन्छन् । ति बच्चाहरुलाई पढाएर विद्यार्थीहरुले आफ्नो खर्चको व्यवस्था गर्न सक्छन् । सुरु सुरुमा अप्ठेरो लाग्छ भने आफ्नो जुनियरहरुलाई पढाएर अनुभव लिन पनि सकिन्छ । ट्युसन पढाउदा हामीले आफ्नो जुनियरहरुको पढाईमा सुधार गर्नको लागि मद्दत गरिरहेको हुन्छौ, उनिहरुले नबुझेको विषय बुझ्न मद्दत गर्न सक्छौ र परिक्षा आईरहेको बेलामा परिक्षाको लागि तयारी गर्नको लागि पनि मद्दत गर्न सक्छौ । टिचिङ गर्दा हामीले आफ्नो पनि ज्ञान बढाइ रहेको हुन्छौ र सिकेको कुराहरु सेयर पनि गरिरहेको हुन्छौ । यति गरे बापत पैसा कमाउने विद्यार्थीहरुको लागि ट्युटर एकदमै राम्रो माध्यम हो ।

२) कन्टेन्ट राइटिङ
विद्यार्थीहरुले कन्टेन्ट राइटिङ गरेर पनि आफ्नो खर्चको लागि पैसा कमाउन सक्छन् । यदि आफ्नो राइटिङ राम्रो छ र कसैले आफ्नो लेखेको कुराहरुको लागि तारिफ गरेको छ भने यसमा पनि विद्यार्थीहरुले काम गर्न सक्छन् । नेपालमा कम्पनीहरु बढिरहेको कारणले गर्दा कन्टेन्ट राइटरको माग पनि आजभोली निकै बढेको छ । कन्टेन्ट राइटिङ गर्दा वेबसाइटहरुको लागि आर्टिकल लेख्ने, फ्याक्सहरुको जवाफ लेख्ने कामहरु गर्नु पर्ने हुन्छ र यो काम घरबाट नै पनि गर्न सकिन्छ । धेरै कम्पनी, मिडिया र बिजनेस कम्पनिहरुले कन्टेन्ट राइटरहरु खोजिरहेका हुन्छन् जुन विद्यार्थीहरुको लागि करियरको सुरुवात पनि हुन सक्छ ।

३) डाटा ईन्ट्री
डाटा ईन्ट्री भन्नाले कुनै पनि कम्पनीको सिस्टममा ईन्फर्मेशन र फाइलहरुको विवरण राख्ने काम गर्नु हो । यो काम डाटा अपरेटरहरुले गर्छन् । डाटा पहिले उनीहरु सम्म लिखित वा अडियोमा रेकर्ड गरेर पुग्छ । यो काम सबै भन्दा सजिलो र राम्रो भुक्तान गर्ने काम हो । यसप्रकारको धेरै किसिमको डाटा ईन्ट्रीको काम हुन्छ जस्तै टाइपिङ, क्याप्चा ईन्ट्री, सर्भे ईन्ट्री, ट्रान्सकिप्सन इत्यादी । यसको लागि कुनै डिग्री वा ट्रेनिङको आवश्यकता पर्दैन मात्र राम्रो टाइपिङ स्किल र इन्टरनेट भए पुग्छ । यो काम घरबाट नै अनलाइन वा अफलाइन बसेर गर्न सकिन्छ ।

४) फ्रिलेन्स
आफुसँग वेभ डेभलप्मेन्ट, एप डेभलप्मेन्ट, ट्रान्सलेसन वा भिडियो एडिटिङ गर्ने स्किल छ भने विद्यार्थीहरुले फ्रिलेन्स राइटिङमा काम गर्न सक्छन् । फ्रिलेन्सीङको काम गर्ने व्यक्ति स्वरोजगार हुन्छन् र एउटै समयमा छुट्टाछुट्टै कम्पनिमा पनि काम गर्न सक्छन् । यो काम गर्दा आफुललाई मिल्ने समयमा गर्न मिल्छ र कति पैसा चार्ज गर्ने आफै तोक्न सकिन्छ । फ्रिलेन्स राइटिङ नेपालमा वर्तमानमा निकै पपुलर छ । यो काम गर्दा कसैको अण्डरमा काम गर्नु पर्दैन ।

५) रिसर्च
रिसर्चको काम गर्दा डाटा, ईन्फर्मेशन र ओपिनियनहरुलाई संगठित गर्नु पर्छ । यसमा अनुसन्धान पनि गर्नु पर्ने हुन्छ र यो काम गर्दा धेरै कुरा, विषयहरुको बारेमा हामीलाई धेरै ज्ञान पनि मिल्छ । यदि रिसर्च गर्ने काममा आफुलाई इन्ट्रेस्ट छ भने यो काम विद्यार्थिहरुको लागि राम्रो हो । यो काम गर्नको लागि रिसर्चको बारेमा राम्रो ज्ञान हुनुपर्छ र रिसर्च स्किल पनि राम्रो हुनु पर्छ ।

६) सोसल मिडिया असिस्टेन्ट
सोसल मिडिया असिस्टेन्टले कम्पनिको स्ट्राटेजी अनुसार प्रतिस्पर्धी कम्पनि, ब्राण्डको बारेमा रिसर्च गर्ने, सोसल मिडिया क्याम्पेन चलाउने र कामको संलग्नता बढाउने, क्लाईन्टको लागि उनिहरुको इच्छा अनुसारको अप्सन निकालेर कम्पनिको प्रोफिट बढाउने काम गर्नु पर्छ । मार्केटिङ पढेको विद्यार्थी र मार्केटिङ फिल्डमा इन्ट्रेस्ट भएको विद्यार्थी वा व्यक्तिले यो काम गर्दा राम्रो हुन्छ । यो फिल्डमा काम गर्नको लागि अंग्रेजी राम्रो, कम्युनिकेसन स्किल राम्रो र राम्रो कम्प्युटर स्किल हुनु पर्छ । काम गर्दा सिफ्ट आफ्नो समय अनुसार मिलाउनु मिल्छ । सोसल मिडिया हामी सामान्यतया चलाई नै रहेको हुन्छौ त्यसैले इच्छा हुने व्यक्तिले यो काममा संलग्न हुन सक्छ र यसबाट आफ्नो करियर पनि बनाउन सक्छ ।

७) कस्टमर केयर रिप्रेजेन्टेटिभ
कस्टमर केयर रिप्रेजेन्टेटिभको काम गर्दा प्रश्नहरुको उत्तर दिने र कस्टमरको समस्याको समाधान गर्ने काम फोन, इमेल र कस्टमरलाई अगाडी भेटेर गर्ने गरिन्छ । यो काम गर्ने व्यक्तिलाई छोटकरीमा ऋऋच् भन्ने गरिन्छ । कस्टमर केयर रिप्रेजेन्टेटिभले कम्पनीको प्रडक्ट र सर्भिसको बारेमा पनि जानकारी दिने काम गर्छ । कस्टमर रिप्रेजेन्टेटिभमा धैर्यता, वैकल्पिकता, कम्युनिकेट गर्ने स्किल, पोजिटिभ शब्दको प्रयोग गर्ने स्किल र सम्झाउन सक्ने स्किल र समय व्यवस्थापन गर्न सक्ने स्किल हुनु पर्छ । CCR लाई प्रडक्ट र सर्भिसको बारेमा राम्रो ज्ञान हुनु पर्छ । कलेज जाने विधार्थीहरुले सिसिआरको काम गर्न सक्छन् यो काम गर्दा कम्युनिकेसन स्किल बढ्छ र राम्रो स्किलहरु पनि सिक्न मद्दत मिल्छ ।

विद्यार्थीले पार्ट टाइम काम गर्दा उनिहरुले पकेट मनि मात्र होइन राम्रै पैसा कमाउन सक्छन् र आफुले कमाएको रकम DMAT अकाउन्ट खोल्न , IPO भरेर र सेयरमा राम्रो सेयरमा लगािन गरेर आफ्नो आम्दानी बढाउन सक्छन् । पार्ट टाइम काम गर्दा प्रोफेस्नल स्किल पनि बढ्नुका साथै कम्युनिकेसन र प्रोफेसनल लाइफ बारेमा पनि ज्ञान मिल्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button