मनोरञ्जनसमाचार

नेपथ्यको देशव्यापी साङ्गीतिक यात्रा ‘मानवता प्रवद्र्धन अभियान’

Gobal IME Bank
रानीवनस्थित मानवसेवा आश्रम शाखा कार्यालयमा आश्रितलाई भोजन सेवा गराउनुहुँदै गायक अमृत गुरुङ

काठमाडौँ । नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङले आज रानीवनस्थित मानवसेवा आश्रम शाखा कार्यालयमा आएर आश्रितलाई भोजन सेवा गराउनुभएको छ ।

उहाँले आश्रमले अनुकरणीय कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । आश्रितलाई भोजन सेवा गराउँदै उहाँले मानवीय सेवाका लागि आश्रमसँगको सहकार्यमा आगामी मङ्सिर १६ गतेदेखि मुलुकका १० शहरमा महिनाव्यापी साङ्गीतिक कार्यक्रम हुनलागेको पनि जानकारी दिनुभयो ।

त्यसो त नेपथ्यले लामो समयदेखि मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारा सहितको साङ्गीतिक यात्राहरु गर्दै आएको थियो । त्यसैअनुरुप नेपथ्यले अब फेरि नयाँ नारा र अठोटका साथ आफूलाई एक महिना लामो देशव्यापी साङ्गीतिक यात्रामा प्रस्तुत गर्ने भएको हो । आगामी मङ्सिर १६ गतेदेखि मुलुकका १० शहरमा महिनाव्यापी साङ्गीतिक कार्यक्रम ‘मानवता प्रवद्र्धन अभियान’मा नेपथ्य सहभागी हुँदै छ ।

‘मानवता प्रवद्र्धन अभियान’को प्रदर्शनमार्फत बेसहारा बन्न पुगेका नेपालीको आवाज बनिदिने मात्र नभई उनीहरूको सहयोगार्थ आर्थिक सङ्कलनमा समेत नेपथ्यले हातेमालो गर्ने बताईएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button