गुड न्यूज 24समाचार

पेट्रोल डिजेलको मुल्य घट्यो -Good News 24

Gobal IME Bank

काठमाडौं, ११ असार। सरकारले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टीतेलमा २९ रुपैयाँ मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ र नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्यका आधारमा भन्दै पछिल्लो चरण ठूलो मात्रामा मूल्यवृद्धि गरिरहेको थियो । तर सरकारले पेट्रोलियम पदार्थमा चर्को कर लिने र अन्तर्राष्ट्रिय बजारलाई कारण देखाएर मूल्य वृद्धि गरिरहनु उचित नहुने भन्दै विरोध भइरहेको थियो । पेट्रोलियम पदार्थको कर घटाउनुपर्ने बाध्यतामा सरकार पुगेको छ । जस अनुसार पेट्रोल र डिजेलको मुल्य घटेको हो । शनिबार निगमले सूचना जारी गरी अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ र डिजेलको मूल्य प्रतिलिटर १६३ कायम गरिएको जनाएको छ।
यसअघि पेट्रोल प्रतिलिटर १९९ र डिजेल तथा मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ रहेको थियो। एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button