प्रेम, विवाह, याैन

नाइट फल के हो ? जब माया बस्छ मनमा काउकुती किन हुन्छ ? Good News 24

Gobal IME Bank

नाइट फल अर्थात श्वप्नदोष यो एउटा शरिरको प्रक्रिया हो । यो बिशेष गरि किशोर अबस्थामा हुने गर्दछ । यसलाई पनि हर्मोनका कार्य हो भनेर बुझ्न आवस्यक छ । यौवनावस्थामा शरिरमा भएको हर्मोनको स्तर अचानक बढ्न पुग्दछ । जसरी महिलामा हर्मोनहरु तलमाथी भइरहन्छ त्यस्तैगरि पुरुषमा पनि यस्तो हुन्छ । मेडिसिन भाषामा यसलाई नोक्टुरनल एमिसन अर्थात स्लिप अर्गाजम भनिन्छ । खासगरि पुरुषको शरिरमा लगातार वीर्य उत्पन्न भइरहेको हुन्छ । स्खलनद्धारा पुरानो वीर्यलाई बाहिर निकालि अण्डकोष नयाँ वीर्य बनाउने प्रक्रियामा हुन्छ । यदि शरिरमा धेरै वीर्यहरु उत्पादन भइरहेको छ तर बाहिर निस्किरहेको छैन भने शरिर आफैले यसलाई बाहिर निकालिरहेको हुन्छ ।
यो निन्द्रामा नै विशेष किन निस्किरहेको हुन्छ त ? सबैको चासोको प्रश्न हुन सक्छ । यो बिषयमा समाज खुलेर छलफल गर्न चाहाँदैन । तर यस बिषयमा खुलेर छलफल हुनु जरुरी छ ।
किनकी निन्द्रामा दिमागले तपाईको सम्पूर्ण भावनाहरु माथि प्रोसेस गरिरहेको हुन्छ । यदि त्यो भावना यौनसगँ जोडिएको छ भने दिमागले स्वप्न अर्थात् सपनामा रुपान्तरण गरिदिएको हुन्छ । सपनाले शरिरमा भएको यौन हर्मोनलाई सक्रिय बनाई अब शरिरबाट पुरानो वीर्यहरुलाई हटाउनुपर्छ भनेर सन्देश दिइरहेको हुन्छ । साधारणतय यो प्रक्रिया महिनामा दुईपटक हुने गर्दछ । तर महिनामा दुईपटक भन्दा धेरै भएमा डाक्टरको परामर्श लिनु अत्यन्त जरुरी छ ।

प्यारवाला हर्मोन अर्थात मायाको हर्मोन

जब हामी कोही प्रति आकर्षित हुन्छौं वा माया बस्छ हाम्रो मनमा अचम्मको काउकुती हुन थाल्छ । यो किन हुन्छ त ? भनिन्छ नि मायामा परेकाहरुलाई न त भोक लाग्छ ,न त निन्द्रा ,न त प्यास नै लाग्छ । सुन्नेहरुलाई यो एउटा वाहियात कुरा लाग्न सक्छ । तर यो यस परिस्थितिबाट भएर जानेहरुलाई यो भनाईको तात्पर्य के हो भन्ने कुराको अनुभव भएको हुनसक्छ । यो उनिहरुका लागि सहि पुष्टि भएको छ । यस्तो महसुस हुनु शरिरमा भएको हर्मोनको कारणले हो । यो कुनै अचम्म मान्नुपर्ने परिस्थिति होईन । यो साधारण वा प्राकृतिक आचरण हो । जीवनको कुनै समयमा सबैले अनुभव गरेको परिस्थिति हो ।
जब कोहि प्रति आर्कषित भईन्छ तब तपाईको मनमा के भईरहेको छ भनेर शब्दमा वर्णन गर्न गाह्रो पर्दछ तर दोस्रो ब्यक्तिले पनि जीवनमा यस्तो समयको अनुभब गरिसकेको छ भने उसलाई सम्झाइरहनु पर्दैन । तपार्इंलाई जुन हर्मोनले चलाईरहेको छ उसलाई पनि त्यहि हर्मोनले काम गरेको हुन्छ ।

खास गरि शरिरमा हर्माेनहरु धेरै प्रकारका हुन्छन् । ती सबै हर्माेनहरुले गर्ने कार्य पनि फरक छन् ।

तर यो कुन हर्मोन हो र यसले कसरी कार्य गर्दछ र यस्ता भावनाहरु किन उत्पन्न भइरहेका छन् त भन्नेबारेमा चर्चा गर्नेछौ । जब हामी कोही प्रति आर्कषित भएका हुन्छौ भने हाम्रो शरिरमा डोपामिन हर्मोनको मात्रामा बृद्धि भएको हुन्छ । यसैकारण मुटु छिटो छिटो धड्कने गर्दछ । जब हामी राम्रो सम्बन्धमा हुन्छौ तब हाम्रो शरिरमा सेरोटोनिन हर्मोनले हामीलाई राम्रो महसुस गराईरहेको हुन्छ । त्यो ब्यक्तिले मायाले छुदाँ अक्सिटोसिन हर्मोन उत्पन्न भईरहेको हुन्छ । यसले दुई ब्यक्तिको बिचमा बिश्वास बलियो बनाउन ठूलो भूमिका निर्वाह गरेको हुन्छ ।
फेरि जब सम्बन्ध टुट्छ तब दिमागमा नकारात्मक सोचहरु बढेर आउँछ। चारैतिर निराशा छाउँछ । मन दुखि हुन्छ । मनमा रिस,चिडचिडापन उत्पन्न हुन्छ । यसो हुनु शरिरमा अक्सिटोसिन र डोपामिन दुबै हर्मोनको मात्रा घट्दै गएको सकेंत हो ।
हामी गाडी चलाईरहेका छौँ भने अचानक कोही अगाडी आएको खण्डमा हामीलाई रिस उठ्छ यसको कारण पनि हर्मोन नै हो । जब हामी डरलाग्दो चलचित्र हेरिरहेका हुन्छँौ अनि डराउँछौं,रुने सिनहरुमा रुन मन लाग्छ यी सबै कार्यहरु शरिरमा भएको हर्मोनहरुको प्रतिकृया हो । यहाँसम्म कि हर्मोनले अचानक आँउन लागेका खतराहरुको सकेंत अगाडि देखि नै दिईरहेको हुन्छ । यस्तो अबस्थामा शरिरमा एड्रिनलिन हर्माेन सक्रिय भएको हुन्छ । जब दिमागलाइ आउनलागेका खतराहरुको बारेमा महसुस हुन्छ तब यसले एड्रिनल ग्ल्याण्डमा सन्देश पठाउँछ र उक्त ग्ल्याण्डमा हर्मोनलाई तिब्र बनाउँदछ।रगतमा यो हर्मोनको मात्रा उच्च पार्दछ । तब हामीलाई एकछिनको लागि आफूभित्र सुपरपावर आएको जस्तो अनुभूति हुन्छ । तर छिट्टै यो असर हराउँदछ । यसलाई एड्रिनलिन रश भनिन्छ । कोहि मानिसहरु यस्तो समयमा निकै रमाउने र आनन्द लिने गर्दछन् । यसरि एड्रिनलिन हर्मोन तिब्र भएको अबस्थामा उनिहरु खतरापूर्ण खेलहरु खेल्न रुचाउँछन् । जस्तैः बन्जिजम्पिगँ,स्काईडाईभिगं इत्यादि । कुनै मानिसहरुमा यो हर्मोनको मात्रा बढि हुने भएकोले उनिहरुलाई यस्ता खतरापूर्ण खेलहरु प्रति भिन्दै प्रकारको लगाव रहने गर्दछ ।

यो पनि पढ्नुहोस् ….

युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस्

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button