समाचार

निर्माणाधीन वृद्धाश्रमका लागि आर्थिक सहयोग-Goodnews24

Gobal IME Bank

मुग्लिन- चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित इच्छाकामना मन्दिर परिसरमा निर्माण भइरहेको वृद्धाश्रमका लागि रु एक लाख सहयोग प्राप्त भएको छ । इच्छाकामना–४ कुरिनटारका हरिबहादुर थापा र उहाँका धर्मपत्नी तुलसा थापाले शनिबार मन्दिर संरक्षण समितिका अध्यक्ष बुद्धिप्रसाद सिलवाललाई चेक हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा थापाले वृद्धाश्रम तथा सामाजिक कार्यका लागि निर्माण भइरहेको भवनका लागि सहयोग गरिएको बताउनुभयो । उहाँले मन्दिर समितिको कामको प्रशंसा गर्दै आगामी दिनमा आफूले सक्ने जुनसुकै सहयोगलाई निरन्तरता दिने बताउनुभयो । उहाँले उक्त भवन निर्माणका लागि आ–आफ्नो तर्फबाट सकेको जति सहयोग गर्न पनि आग्रह गर्नुृभयो ।

मन्दिर समितिका अध्यक्ष सिलवालले वृद्धाश्रम भवन निर्माणका लागि सहयोग गरेकामा धन्यवाद दिनुभयो । उहाँले विगतका दिनहरुमा पनि थापाले विभिन्न सहयोग गर्दै आइरहेको बताउनुभयो । यो भवन निर्माणका लागि केही रकम गाउँपालिकाबाट पनि प्राप्त भएको बताउनुभयो । रु एक करोड लागत अनुमान गरिएको वृद्धाश्रामसहित भक्तजनका लागि निर्माण गरिरहेको उक्त भवनका लागि अहिले भक्तजनले नै सहयोग गरिरहेको बताउनुभयो ।

अध्यक्ष सिलवालका अनुसार केन्द्रीय राजधानी आवजातव गर्ने धार्मिक पर्यटकहरु यस मन्दिर परिसरमा बास बस्ने गर्छन् । त्यसकारण यहाँ धार्मिक पर्यटकका लागि भवन निर्माण आवश्यक रहेको उहाँको भनाइ छ । वृद्धाश्रमसँगै धार्मिक पर्यटकहरु बास बस्न सहज हुने भवन निर्माण हुने मन्दिर समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button