मुख्य समाचारसमाचार

प्रम दाहाल र ओलीबीच बालुवाटारमा भेटवार्ता, गृहमन्त्री बारे छलफल

Gobal IME Bank

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

भेटका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउने कि नबनाउने भन्ने विषयमा पनि छलफल भएको थियो । नागरिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार लामिछानेको मन्त्री र सांसद पद बदर गरिदिएको थियो । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिइसक्नुभएको छ । फैसलाबाट पदमुक्त हुनुभएका लामिछानेले सोही दिन राजीनामा बुझाउनुएको थियो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानमन्त्री एवं गृहमन्त्री बन्नुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button