मुख्य समाचारसमाचार

जनताको कुनैपनि हक, अधिकार कटौती नहुने कानून निर्माण गर्छुः ओनसरी घर्ती

Gobal IME Bank
file photo

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले चुनावी घरदैलोले आसन्न निर्वाचनमा आफ्नो जित झनै सुनिश्चित गरेको बताउनुभएको छ । बुधवार र काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले गठबन्धनको अभिमतले निर्वाचन जित्नेमा ढुक्क रहेपनि चुनावी घरदैलोले झनै उत्साह थपेको बताउनुभएको हो ।

सत्ता गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधि सभाकी साझा उम्मेदवारसमेत रहनुभएकी घर्तीले घरदैलो अभियानमा निर्वाचन क्षेत्रका मतदाताले गरेको स्वागतले आफ्नो टिममा उत्साह थपेको बताउनु भयो । उहाँले आसन्न निर्वाचनमा आफ्नो जितमा स्पष्ट रहेको र मंसिर ४ को निर्वाचन प्रक्रियामात्रै कुरेर बसेको बताउनु भयो । नेतृ घर्तीले निर्वाचनमा जित निकालेपछि जनताको कुनैपनि हक, अधिकारको कटौती नहुने गरी कानून निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले विजयपछि जनताको विकास निर्माणको एजेण्डालाई पहुँचमा पुर्‍याउने, खानेपानी, खेलकुद, करिडोर, फोहोर लगायतका जनताका समस्यालाई हामीले समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो । उम्मेदवार घर्तीले । आम नागरिकहरुले दिएको माया र स्वागतले भोलिका दिनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा आफ्नो कर्तव्य बढेको महशुस भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म र मेरो टिम धेरै नै उत्साहीत छ । घरदैलोमा जाँदा जनताले धेरै माया गर्नुभएको छ । हामी विजयीको लागि पहिल्यैबाट स्पष्ट छौँ । घरदैलोमा आउँदा झनै उत्साहीत भएका छौँ । विश्वस्त भएका छौँ । हामी मंसिर ४ को प्रक्रियालाई मात्रै कुरेर बसेका छौँ । हामी सत्तामा पुगेपछि जनताको हक अधिकार कुनैपनि कटौती नहुने गरी कानून बनाउनेछौँ । जनताको विकास निर्माणको एजेण्डालाई पहुँचमा पुर्‍याउनेछौँ । खानेपानी, खेलकुद, करिडोर, फोहोर लगायतका जनताका समस्यालाई हामीले समाधान गर्नेछौँ । हामी प्रत्येक दिन बिहानको समयमा जनताको घरघरमा पुगेर भोट माग्ने काम गरिरहेका छौँ । आम नागरिकहरुको स्वागतले भोलिका दिनमा यस क्षेत्रमा मेरो कर्तव्य बढेको महशुस भएको छ । यो समुदाय भित्र ६४ प्रतिशत जनसमुदाय अहिले पनि खानेपानीको पहुँचमा हुनुहुन्न । सफा, सुन्दर, सुरक्षित र दिगो विकासको माग गर्नुभएको छ । बाटो, पर्यटन क्षेत्रको विकास, स्पोर्ट्स सिटीको अवधारणा, ढल, कोरिडोरको समस्या उठाउनुभएको छ । यी समस्यालाई सरकारको पहुँचसम्म पु¥याउनेछु ।’

प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं माओवादी केन्द्रकी नेतृ घर्तीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा ६४ प्रतिशत जनसमुदाय अहिले पनि खानेपानीको पहुँचमा नभएको भन्दै उनीहरुको माग पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले सफा, सुन्दर, सुरक्षित र दिगो विकासको माग जनताले गरेकाले बाटो, पर्यटन क्षेत्रको विकास, स्पोर्ट्स सिटीको अवधारणा, ढल, कोरिडोरको समस्यालाई सरकारको पहुँचसम्म पुर्‍याउने बताउनु भयो ।

निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका उम्मेदवारहरु चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा सक्रिय छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो पार्टीलाई जित दिलाउन राजनीतिक दलका शीर्ष नेताहरु पार्टीका चुनावी एजेण्डा लिएर देश दौडाहामा छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button