समाचार

अस्करको भर्चुअल फिल्म फेस्टिभल हुँदै-Goodnews24

Gobal IME Bank

काठमाडौं । फिल्म कलेज ‘अस्कर इन्टरनेसनल (कलेज अफ फिल्म स्टडिज)’ ले भर्चुअल फिल्म फेस्टिभल गर्ने भएको छ । तीन दिन सम्म भर्चुअल प्लेटफर्ममा हुने फेस्टिभलमा फिल्म स्क्रिनिङ देखि देश विदेशका फिल्मकर्मीसँग अन्तक्र्रिया हुने कलेजले जनाएको छ । महामारीका कारण सुस्त रहेको उद्योगलाई गतिशील बनाउने अभिप्रायले फिल्म फेस्टिभल गर्न लागेको कलेजको प्रिन्सिपल विनोद पौडेलले जानकारी दिनु भएको छ । यही हप्ताको शुक्रबारदेखि आइतबार सम्म चल्ने फेस्टिभलमा अस्कर कलेजकै विद्यार्थीले बनाएका ९ फिल्म प्रदर्शन हुनेछन् भने तीन दिनकै दौरानमा केही महत्वपूर्ण विषयमा अन्तक्र्रिया पनि हुनेछन् ।

कलेजले दिएको जानकारी अनुसार पहिलो दिन शेखर खरेलले विनोद पौडेल र मनोजबाबु पन्तसँग फिल्म स्टडिजका आरोह अवरोहका बारेमा कुरा गर्नु हुनेछ भने सोही दिनको दोस्रो सेसनमा आश्मा पोखरेलले महिला फिल्ममेकर दीपा बस्नेत, रजिता श्रेष्ठ, महिमा नवबाघ, शबनम मुखिया र इतुशा पोखरेलसँग अन्तक्र्रिया गर्नु हुनेछ। सो दिनको अन्तिम सेसनमा अंकित कोइराला, रिजन गजुरेल र राकेश भाजु फिल्म देखाएपछि हुने छलफलमा सहभागी हुनु हुनेछ । अन्तक्र्रियालाई केदार श्रेष्ठले सहजीकरण गर्नु हुनेछ ।

त्यस्तै, दोस्रो दिनको पहिलो सेसनमा अरुण देव जोशीले , मीन भाम, सुजित बिडारी, निरञ्जनराज भेटवाल र अंकित पौडेलसँग अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलले दिलाउने अवसरका बारेमा कुरा गर्नु हुनेछ भने यसपछिको सेसनमा शेखर खरेलको फेरि एक पटक नेपाली फिल्म उद्योगमा काम गर्दाका चुनौती र अवसरको विषयमा स्वस्तिमा खड्का, रबिन्द्रसिंह बानियाँ, दीपेन्द्र के खनाल, प्रदीप भट्टराई र अनुप बरालसँग गफ हुनेछ । डेढ घन्टा चल्ने अर्को सेसनमा नबिन न्यौपानेले फिल्म ग्रयाजुएटको रुपमा फिल्म उद्योगमा काम गर्दाको अनुभव खोतल्नु हुनेछ । यो सेसनमा कबिर खड्का, मनिष राउत, महेश त्रिपाठी, मुकुन भुषाल र अभय बरालले आफ्नो अनुभव सुनाउनु हुनेछ। दोस्रो दिनको अन्तिम सेसन पहिलो दिनझै फिल्म देखाएर सकिनेछ ।

यो दिन अशुका अर्याल, मार्टिन भण्डारी र गणेशजंग रावल निर्देशित फिल्म देखाइनेछ भने प्रशन्न मालीले उहाँहरुसँग अन्तक्र्रिया गर्नु हुनेछ। आइतबारको दिन सुरुको समयमा विद्यार्थी लक्षित कार्यशाला पनि हुनेछ जसलाई निश्चल बस्नेत, दयाहाङ राई, ऋचा शर्मा र दीपकराज गिरीले सम्बोधन गर्नु हुनेछ । अन्तिम दिनको पहिलो सेसनमा राजन कठेतले फिल्म अध्ययन पछिका अवसरको बारेमा कुरा गर्ने बतार्इएको छ । यो सेसनमा शिशिर बिशंखे, दिकेश खड्गी, अंकित पौडेल र निगम भण्डारीले आफ्ना अनुभव साटासाट गर्नु हुनेछ।

दिनको दोस्रो सेसनमा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, निर्माता संघका अध्यक्ष आकाश अधिकारी र निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठले फिल्म सम्बन्धी नीति नियमको अवस्थाको बारेमा कुरा गर्नु हुनेछ भने यसपछिको सेसनमा निर्देशक छिरिङ रितार शेर्पा विदेशी फिल्म मेकर गुयम मेगुट, मिचेल हेनरिक र इनग्रिड लिल हगटनसँग फिल्म को–प्रोडक्सनको सम्भावनाको बारेमा छलफल गर्नु हुनेछ। दिनको अन्तिम सेसन फिल्म देखाएर सकिनेछ । अन्तिम दिन राजकुमार राई, बिजेश महर्जन र निपिल शर्मा निर्देशित फिल्म देखाइनेछ भने फिल्म प्रदर्शन पछि उत्पल झाले उहाँहरुसँग अन्तक्र्रिया गर्नु हुनेछ । सबै छलफल तथा फिल्म कलेजको फेसबुक पेज तथा युट्युबमा लाइभ हेर्न सकिनेछ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button