मुख्य समाचारसमाचार

‘पानी घट्टमा पिसेको पिठो स्वादिलो’

Gobal IME Bank

म्याग्दी । म्याग्दीमा कुटानी पिसानीको परम्परागत साधन पानी घट्टको प्रयोग अझैपनि कायमै छ ।

गाउँमा विद्युतबाट सञ्चालन हुने मिल भएपनि पानी घट्टमा पिसेको पिठो स्वादिलो हुने भएकाले स्थानीयबासी घट्टमै पिठो पिस्न लैजाने गर्छन् ।

स्थानीयस्तरमा उत्पादन हुने कोदो, मकै, गहुँ, फापरलगायत अन्न पिस्न स्थानीयवासीले पानीघट्ट प्रयोग गरेका हुन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको चित्रमायाँ र केशनारायण बुद्धजाका परिवारले सञ्चालन गरेको पानीघट्टलाई फुर्सद हुदैन् ।

परम्परागत समाजमा अन्न पिसानीका लागि घट्ट, जाँतो, ओखल तथा ढिकीे प्रयोग हुने गथ्र्यो । परम्परागतरुपमा पानीघट्ट सञ्चालन भएका ठाउँलाई ‘घट्टेखोला’ र ‘घट्टेकुलो’ नामाकरण गर्ने प्रचलन थियो । जिल्लाका करिब एक सय ५० स्थान यस्तै नामले चिनिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button