समाचार

ललितपुरमा पानीपुरी बेच्न रोक -Good News 24

Gobal IME Bank

ललितपुर, १२ असार । पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै ललितपुर महानगरपालिकाले पानीपुरी र चटपट विक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
पानीपुरी नबेच्न आग्रह गर्दै नगर प्रहरीले आइतबार माइकिङ गराइरहेको छ । महानगर भित्र अबका दिनमा पानी पुरी चटपट बेच्न प्रतिबन्ध लगाउन लागेको नगर प्रहरी प्रमुख सीताराम हाथेछुले जानकारी दिएका छन । हाथेछुले पानीपुरी र चटपटे बिक्री वितरण गरेको पाइएमा कारबाही हुने पनि जानकारी गराउनु भएको छ । रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बेच्न नदिने उहाँले बताउनु भयो ।
यसअघि काठमाडौंको बागबजार क्षेत्रमा बसोबास गर्ने दुई जनामा हैजाको जीवाणु देखिएको थियो। त्यस क्षेत्रका पानीका स्रोतमा हैजाको जीवाणु रहेको पाइएको थियो।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button