मुख्य समाचारसमाचार

विश्व पर्यटन दिवसमा प्रभातफेरी – Good News 24

Gobal IME Bank

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी गरेको छ ।
काठमाडौंको त्रिदेवी मार्ग हुँदै क्षेत्रपार्टी, सोह्रखुट्टे लैनचौर हुँदै पुनः त्रिदेवीमार्गमा आएर समापन भएको हो । ठमेल पर्यटन विकास परिषद्ले विभिन्न बाजागाजासहित प्रभातफेरी गरेको हो ।

प्रभातफेरी कार्यक्रमपछि बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले विभिन्न पर्यटनसँग सम्बन्धित संसस्थाको व्यक्तिहरु भेला भएर विश्व पर्यटन दिवसको अवसरमा प्रभातफेरी गरेको बताउनु भयो । उहाँले आज दिउँसो स्थानीय र विभिन्न संघसंस्थाहरुसँग मिलेर सांस्कृतिक कार्यक्रम गर्ने बताउनु भयो । त्यस्तै आज नै परिषद्ले विभिन्न क्लवसँग मिलेर रक्तदान लगायतका कार्यक्रम गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्व पर्यटन दिवसको अवसरमा ठमेल पर्यटन विकास परिषद्ले प्रभातफेरी कार्यक्रम गरेको छ । विभिन्न पर्यटनसँग सम्बन्धित संसस्थाको व्यक्तिहरु हुनुहुन्छ । २ बजेपछि ठमेलमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुनेछन् । रक्तदानका कार्यक्रम पनि राखेका छौँ ।’

त्यस्तै लायन्स क्लव काठमाडौंका जिल्ला अध्यक्ष उत्तम झाले नेपालमा पर्यटन क्षेत्रको अपार सम्भावना भएपनि फाइदा लिन नसकेको बताउनु भयो । उहाँले आज विश्व पर्यटन दिवसको अवसरमा विभिन्न सांस्कृतिक र पर्यटन क्षेत्रलाई सहयोग पुग्ने कार्यक्रम गरेर दिवस मनाउन लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पर्यटन हाम्रो देशमा अपार सम्भावना भएको क्षेत्र हो । तर आवश्यक काम गर्न सकेका छैनौँ । जति फाइदा लिनुपर्ने हो त्यति लिन सकेका छैनौँ ।’
पर्यटन संघ संस्थाहरुको उपस्थितिमा दिउँसो पञ्चे बाजा, धिमे बाजा, भैरव नाच, देवी नाच, सहित ठमेल परिक्रमा गर्ने कार्यक्रम छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button