समाचार

नेपाली खाऔं नेपाली लगाऔं अभियान चलाउनुपर्छः पवन गोल्यान – Good News 24

Gobal IME Bank

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरुलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने प्रतिवद्धता जनाउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले नेपाली कृषिजन्य उत्पादनहरु भारतले नेपालबाट आयात गरेर आफ्नो ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्ने गरेको भन्दै नेपाल आफैँले ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्न सक्नुपर्ने बताउनु भयो ।

अध्यक्ष गोल्यानले भारतले नेपाली अलैँची ७ सयमा नेपालबाट आयात गरेर खाडी मुलुकहरुमा भारु १७ सय रुपैयाँमा निर्यात गर्ने गरेको बताउनु भयो । उहाँले नेपाली युवाहरुले नेपाली उत्पादनलाई प्याकिङ गरेर विदेशी निर्यात गर्ने सोचमा भए सिविफिनले आर्थिक सहयोग गर्नसक्ने बताउनु भयो । अध्यक्ष गोल्यानले युवाहरु भविष्य नभएर वर्तमान भएकाले नेपाललाई परिर्वतन गर्न युवाले सक्रिय भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले युवाले प्रयोग गर्ने हरेक वस्तुमा नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । अध्यक्ष गोल्यानले हरेक नेपालीले स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नसके तरकारीमा नेपाल तीन महिनामा आत्मनिर्भर बन्नसक्ने दाबी गर्नुभयो ।

उहाँले सरकार तरकारी तथा फलफूलमा आत्मनिर्भर बन्नेगरी नीतिगत काम गर्न भने नसकेको गुनासो गर्नुभयो । अध्यक्ष गोल्यानले नेपाली भएर नेपाली खान र लगाउन सक्यो भने नेपाली उद्योग र किसानलाई राहत हुने बताउनु भयो । उहाँले नेपालमा अहिले ४ खर्बको कृषिजन्य वस्तुहरुको आयात भइरहेको भन्दै नेपालमा २ खर्बको नेपाल भित्र कृषिजन्य वस्तु उत्पादन गर्न समस्या नरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नेपाललाई परिर्वतन गर्ने कसैले होइन युवाले हो । युवा भविष्य होइन वर्तमान हुन । युवाहरुले सबै भन्दा पहिला सोचमा परिर्वतन ल्याऔं । हामीले बजारमा सामान किन्न जाँदा नेपाली उत्पादनलाई किन्यौं । सबैभन्दा पहिला आफ्नो पालिकाको उत्पादनलाई प्राथमिकता दिनुस । त्यसपछि जिल्लाको उत्पादनलाई प्राथमिकता दिनुस । जबसम्म नेपालमा उत्पादन भएको वस्तुलाई प्राथमिकता दिँदैनौं । तबसम्म आत्मनिर्भर बन्न सक्दैनौं । नेपाल ३ महिनामा तरकारीमा आत्मनिर्भर बन्नसक्छ । तर तरकारीमा आत्मनिर्भर हुनको लागि सरकारले जति गर्नुपर्ने हो त्यति गर्न सकेको छैन । सरकारले गर्न सकेको छैन । अब युवाहरु आफै लाग्नुप¥यो । हामी विदेशी तरकारी किन्दैनौं । विदेशी फलफूल खादैनौं ।

विदेशी लुगा लगाउँदैनौं । यसरी नेपाली भएर नेपाली खान र लगाउन सक्यो भने नेपालमा उद्योग र किसानलाई राहत हुन्छ । नेपालमा नै रोजगारी पाइन्छ । अहिले ४ खर्बको कृषिजन्य वस्तुहरुको आयात गरिरहेका र्छौं । २ खर्बको नेपाली भित्र उत्पादन गर्न कुनै ठूलो कुरा छैन । अलौची ७ सय रुपैयाँमा भारतमा निर्यात गर्छौं । भारतले १७ सय रुपैयाँ भारुमा खाडी मुलुकहरुमा बिक्री हुन्छ । नेपाली अलौची प्याकिङ गरेर खाडी मुलुकमा बेच्न सक्नुहुन्छ । त्यसको लागि आउनुस । नेपाली कृषिजन्य उत्पादनलाई बाहिर निर्यात गर्ने व्यवसाय गर्नुहुन्छ भने बैंक तथा वित्तीय संस्था परिसंघ र वाणिज्य बैंकहरुले पैसाको कम गर्न दिँदैन । त्यसको लागि सहयोग गर्ने प्रयासमा छौं । अब नेपाली भएर नेपाली लगाऔं नेपाली खाऔं ।’

अध्यक्ष गोल्यानले नेपाल कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुनको लागि हरेक नेपालीले नेपाली उत्पादनलाई प्राथमिकता दिएर नेपाली उत्पादन लगाउन र खान आवश्यक रहेको बताउनु भयो । उहाँले अब सबै नेपालीले नेपाली लगाऔं नेपाली खाऔं अभियान चलाउनुपर्ने बताउनु भयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button