मुख्य समाचारसमाचार

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के हुन्छ ?

Gobal IME Bank

काठमाडौं । इंडियन आयल कर्पोरेसन (आइओसी) ले आज पेट्रोलियम पदर्थको मूल्य घटाएर पठाएको छ। आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ ।

अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ । आइओसीले मूल्य घटाएर पठाएपनि नेपालमा भने मूल्य घटाउनेबारे कुनै छलफल भइसकेको छैन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button