Grace Computer Jawalakhel
मुख्य समाचारसमाचारसूचना प्रविधि

फोन चोरी हुँदा बैंक डीटेल्स र मोबाइल वालेटको सुरक्षा कसरी गर्ने ?

एजेन्सी । आफ्नो बैंक र अन्य महत्वपूर्ण डीटेल्सको सुरक्षा गर्न यी सरल तर महत्वपूर्ण स्टेप्स को पालन गर्न सकिन्छ । फोन चोरी हुदाँ बैंक डीटेल्स र मोबाइल वालेटको सुरक्षा गर्नु महत्वपुर्ण कार्य हो । हाम्रो फोनमा बैंक खाताको महत्वपूर्ण डीटेल र अनलाईन भुक्तान विवरण हुन सक्छन् ।

अपनाउन सकिन्छ यी तरीकाहरु

  • सबै भन्दा पहिले आफ्नो सिम कार्डलाई ब्लक गरिदिने ।
  • मोबाइल बैंकिङ, यूपीआई पेमेन्ट र मोबाइल वालेटलाई पनि ब्लक गर्ने ।
  • चोरी भएको फोनको पुलिसमा कम्प्लेन गर्ने ।

के तपाईलाई थाहा छ ? चोरले आजभोली तपाईको मोबाइल फोन चोरेपछि सिर्फ एक चीजको खोजिमा रहन्छन् तपाईको बैंक डीटेल्स। हामीले यो कुरा बिर्सिनु हुँदैन कि धेरै मानिसहरु आजकल डिजिटल भुक्तान गरिरहेका छन् र अलग अलग एप्स को प्रयोग गर्छन् । स्मार्टफोन चोरहरुको लागि यी वालेटसम्म पुग्न केही गाह्रो काम होइन ।

उदाहरण को लागी ब्राजीलको साओ पाउलोमा अपराधीले बताए अनुसार आइफोन ह्यान्ड सेट उनीहरु बेच्नको लागी नभई यी उपकरणको मालिकको बैंक डिटेल्सहरुको बारेमा जानकारी लिई पैसा चोर्नको मोबाइल चोरी गरिरहेका थिए ।यसप्रकारको घटनाहरुको बारेमा थाहा पाएसँगै हामी सावधान हुन अत्यन्त जरुरी भएको छ । यदि फोन हराएमा यस्तो परिस्थितिमा तल दिइएको उपाएहरु अपनाएर आफ्नो फोन र त्यसमा भएको डेटाको गलत प्रयोग रोक्न सक्नु हुनेछ ।

  • आफ्नो सिम कार्डलाई ब्लक गर्ने
    सबैभन्दा पहिले र सबै भन्दा महत्वपूर्ण कुरा आफ्नो हराएपछि फोन नम्बरको दुरुपयोग हुनबाट रोक्नको त्यसलाई सुनिश्चित गर्नु हो । सिम कार्डलाई ब्लक गर्नुको मतलब फोनमा भएको हरेक ऐपलाई ब्लक गर्नु होइन जसमा ओटिपिको माध्यमबाट एक्सेस गर्न सकिन्छ । तपाई आफ्नो नयाँ सिम कार्डमा पुरानो नम्बर फेरी जारी गर्न सक्नुहुन्छ यसको लागी केही समय लाग्न सक्छ तर तपाईको गोपनीयता र मोबाइल वालेट बढि महत्वपूर्ण हो ।

 

  • मोबाइल बैंकिंग सर्भिसलाई बन्द गरिदिने
    फोन चोर तपाईको बैंक डिटेल्ससम्म सजिलै पुग्न सक्छन् त्यसैले बैंक सर्विसेजलाई मोबाइल हराएपछि तुरुन्तै बन्द गरिदिने । हाम्रो सिम कार्ड र मोबाइल ऐप साथ साथ चल्छन् किनभने रेजिस्टर्ड नम्बरमा ओटिपि बिना कुनै पनि ट्रान्सफर सम्भव हुँदैन । त्यसैले फोन हराएपछि वा चोरी हुने बित्तिक्कै दुबै सिम कार्ड र मोबाईल बैंकिक सर्भिस बन्द र ब्लक गरिदिने ।

 

  • युपिआई पेमेन्टको डिएक्टिभेट गर्ने
    थोरै समय पनि हामी ढिला हुनु हाम्रो लागि भारी पर्न सक्छ । जब अनलाइन बैंकिङ सेवासम्म पुग्ने माध्यमबाट हामी चोरलाई बन्चित गरिदिन्छौ चोर अन्य सुविधा जस्तै युपिआई भुक्तानसँग खेलवाड गर्ने कोसिस गर्न सक्छ । त्यसैले यसमा तुरुन्तै ध्यान दिन आवश्यक हुन्छ यसलाई चाँडो भन्दा चाँडो यसलाई निष्क्रिय गरिदिने ।

 

  • सबै मोबाइल वालेटलाई ब्लक गरिदिने
    मोबाइल वालेटले जीवनलाई निकै सहज बनाएको छ । तर जब तपाइको फोन गलत हातमा पुग्छ तब ई सेवा र खल्ती जस्ता मोबाइल वालेट महंगो साबित हुन सक्छ । सम्बन्धित एपको हेल्प डेस्कमा सम्पर्क गर्ने र मोबाइल वालेटलाई सुनिश्चित गर्ने जबसम्म तपाई नयाँ डिवाइसमा वालेट फेरी सेट नगरेसम्म कसैलाई पनि एक्सेस नदिने ।

 

  • पुलिसमा रिपोर्ट गर्ने
    एक चोटि जब तपाई माथी दिएको सबै स्टेप्सलाई फलो गरिसकेपछि अधिकारीसँग चोरी भएको सबै डिवाइसको बारेमा रिपोर्ट गर्न जरूरी हुन्छ । नजकैको पुलिस स्टेशनमा फोन चोरीको रिपोर्ट गर्ने र एफआईआरको एक कपि आफुसँग लिएर राख्ने ।
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button