समाचार

प्लाष्टिक झोलामा पुन: कडाइ -Good News24

Gobal IME Bank

काठमाडौं १०, साउन । सरकारले प्लाष्टिकका झोला उत्पादन र बिक्री वितरण तथा प्रयोगमा पुन: कडाइ गरेको छ।
४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाकाे प्रयोग अत्यधिक मात्रामा भइरहेको छ । यसको उत्पादन र प्रयोग बढेपछि भदौ १ देखि फेरि कडाइ गर्ने भएको छ ।
यसअघि पनि वन तथा वातावरण विभागले प्लाष्टिक झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा प्रतिबंध गर्ने भन्दै आइरहेको छ । तर अनुगमन फितलो हुँदा फेरि प्लाष्टिककाे झोला उत्पादन र प्रयोगमा वृद्धि हुँदै गइरहेको छ।
सरकारले २०७८ असोज १९ मै राजपत्रमा सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन तथा प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो।त्यसबेला २०७८ माघ १७ मा बसेको मन्त्रिपरिषदकाे निर्णयले प्लाष्टिक झोलामा प्रतिबन्धसम्बन्धीको नेपाल सरकारको निर्णय कार्यान्वयन गर्न कार्ययोजना नै स्वीकृत गरेर अघि बढाएको हो ।
४० माइक्रोनभन्दा पातलो प्लाष्टिककाे प्रयोगले सहरको फोहोर व्यवस्थापन गर्न पनि कठिन भइरहेको छ । यतो प्लाष्टिकले सहरको सुन्दरता, वातावरणलाई प्रभाव, खोला तथा नदीहरू प्रदुषण जस्ता विभिन्न असर पार्दछ । प्लाष्टिकले ढल निकासमा पनि बाधा पुर्याएको छ। वातावरण विभागले सूचना जारी गर्दै प्लाष्टिक झोला उत्पादनमा कडाई गर्न लागेको हो ।

सुचना पूर्ण पाठ :

 

-खेल राज कार्की

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button