मुख्य समाचारसमाचारसूचना प्रविधि

वैज्ञानिकले प्लास्टिकलाई हिरामा परिणत गर्न सफल

Gobal IME Bank

एजेन्सी । भनिन्छ कुनै मानिसलाई नचाहिने सामान कसैको लागि भने खजाना हुन्छ । वैज्ञानिकहरुले प्लास्टिकलाई हिरामा परिणत गर्ने तरिका पत्ता लगाएका छन् । वैज्ञानिकहरुले नेप्ट्यून र यूरेनस ग्रहमा हिरा बन्ने प्रोसेसलाई अवलोकन गरी प्लास्टिकलाई हिरामा परिणत गर्ने तरिका पत्ता लगाएका हुन् ।

अन्तर्राष्ट्रिय वैज्ञानिकका टोलिले पोलिथाइलिन प्लास्टिकलाई नानो डाइमन्डमा परिणत गर्न सफल भएका छन् । सन् २०१७ मा जर्मन र क्यालिफोर्नियाका रिसर्चरहरुले ग्रहमा हुने गतिविधिको पृथ्वीमा नक्कल गर्ने तरिका पत्ता लगाएका थिए । यूनिभर्सिटि अफ रोस्टोक इन्सटिट्युट अफ फिजिक्जसका प्रोफेसर डोमिनिक क्लाउसका अनुसार प्लास्टिक हिरामा परिणत हुदाँ उनीहरु पनि सप्राइज भएका थिए । किनभने रिसर्च टिमले प्लास्टिकलाई पृथ्वीमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने खोज गरिरहेको थिएन । उक्त रिसर्च टिमले अरु ग्रहमा हुने केमेस्ट्रीलाई बुझ्नका लागि रिसर्च गरिरहहेको थियो ।

रिसर्च टिमले विशाल ग्रह जस्तै नेपट्यून र युरेनसमा कस्तो किसिमको केमेस्ट्रि भइरहेको छ भन्ने कुरा पत्ता लगाउनका लागि रिसर्च सुरु गरेको थियो । ब्रमहाण्डमा हुने केमेस्ट्रि बुझ्नका लागि सुरु गरिएको रिसर्चले प्लास्टिकलाई हिरामा परिणत गर्ने कुरा पत्ता लगाउन पनि मद्दत मिलेको हो ।

सन् १९७० मा वैज्ञानिकहरुले बर्फिलो ग्रहमा हिराको वर्षा हुन सक्ने अनुमान गरेको थियो । पोलिथाइलिनमा कार्बन, हाइड्रोजन र अक्सिजन सन्तुलित मात्रामा हुन्छ जसले यसलाई सुपरआइरोनिक आइसको कपि जस्तै बनाउन मिल्छ । वैज्ञानिकहरुले प्लास्टिलाई ८,५४० डिग्रि फरेनहाइटमा लेजरको सहायताले पगालेर १५० गिगाप्यास्कलले कम्प्रेस गरी स्मल एगंल एक्स रे डिफ्राक्सन टेक्निकको सहायताले प्लास्टिलाई हिरामा परिणत गरेका हुन् । यस एकपेरिमेन्टमा केहि बिलियन हिरा क्रिस्टलाइज भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button