समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद बैठक, कडा निर्देशन हुने संकेत -Good News 24

Gobal IME Bank

काठमाडौँ, १७ साउन ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले मंगलबार दिउँसो ३ बजे मन्त्रालयका सचिवहरूसहित मन्त्रीहरूलाई बैठकमा बोलाएका हुन भने महत्वपूर्ण निर्देशन दिने जानकारी प्रधानमन्त्री सचिवालयले दिएको छ । सरकारका विभिन्न काम कारबाहीका विषयमा प्रधानमन्त्री देउवाले निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।  बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । बैठकमा मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने तयारी गरिरहेको सरकारले चुनाव केन्दित रहनु पर्ने र अहिले सरकारले गरिरहेको कामकारवाहीमा केही बिशेष निर्देशन आउन सक्ने सम्भावना रहेको छ । —-

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button