मनोरञ्जनसमाचार

अन्यायमा पर्नेहरू न्याय कुरी बसेका छन् (कविता) – अस्मिता दिवाली

Gobal IME Bank

 

 

 

 

खै कस्ले दिन्छ न्याय ?
मै हुँ भन्नेहरुले नै अपराध गरि बसेका छन्,
नेताहरू सबै जना
कुर्सीको मोहमा फसेका छन् ।

अपराधि त ठूलो मान्छे
खलम् खुल्ला हिडेका छन्,
अन्यायमा पर्नेहरू
न्याय कुरी बसेका छन् ।

हत्या बढ्यो हिंसा बढ्यो
बलत्कार र लुटपाट पनि,
न्याय पाउने आसै आसमा
अब बाच्न गाह्रो भो नि !

अन्धो पार्यो राजनीतिले
फोहोरिने खेल रैछ,
अपराध बढ्यो हाम्रो देशमा
मै हुँ भन्नेहरु कै जाल र झेल रैछ ।

मानिस सबै उस्तै नै हो
पिडा मनमा उस्तै पर्छ,
अब न्याय पाउन हाम्ले
कहाँसम्म जानुपर्छ ?
बताइदेउन अन्धो कानुन
कहाँसम्म जानुपर्छ ?

– अस्मिता दिवाली

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button