मनोरञ्जनसमाचार

‘द पोएट आईडल’ को डिजिटल अडिशन सुरु – Good News 24

Gobal IME Bank

काठमाडौं । ‘द पोएट आईडल’ को डिजिटल अडिशन सुरु भएको छ । आजको दिनबाट असोज ३१ गतेसम्मको लागि डिजिटल अडिशन सुरु भएको हो ।

आयोजकका अनुसार कविता लेखन राम्रो भएका जो कोहिले पनि आफ्नो कविता वाचन गरेर thepoetidol@gmail.com मा पठाउन सक्नेछन् । तर कविता वाचन गरिएको भिडियो भने अधिकतम मात्र दुई मिनेटको मात्र हुनुपर्ने बताईएको छ । उक्त प्रतियोगिताका विजेताले पुरस्कार स्वरुप नगद रु १० लाख पाउनेछ भने पाँच लाख बराबरको कविता संग्रह प्रकाशन सम्झौता पनि गरिने आयोजकले बताएको छ ।

नेपालमा पछिल्लो समय विभिन्न गायन तथा नृत्य रियालिटि शो हरु हुँदै गर्दा कविता वाचन सम्बन्धित यस किसिमको कार्यक्रम भने केहि फरक शैलीको हुने अनुमान गर्न सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button