गुड न्यूज 24समाचार

पोखराका बाख्रापालक कृषकलाई २० लाख अनुदान -Good News 24

Gobal IME Bank

साउन २०, कास्की। पोखरा महानगरपालिकाले व्यावसायिक बाख्रापालक कृषकलाई प्रोत्साहन गर्न रु २० लाख अनुदान वितरण गरेको छ । महानगरपालिका पशु सेवा शाखाद्वारा बिहीबार आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले महानगरका चार कृषक समूहलाई रु पाँच लाखका दरले अनुदान विरतण गर्नुभएको हो ।
‘मेयरमैत्री बाख्रापालन प्याकेज’ कार्यक्रम अन्तर्गत महानगरले बर्षेनी बाख्रापालक कृषक तथा कृषक समूहलाई अनुदान तथा सहयोग रकम प्रदान गर्दै आएको छ । यस वर्ष अनुदानप्राप्त गर्ने कृषक समूहमा मिलीजुली बाख्रापालन कृषक समूह पोखरा–१३ आर्वा, सराङकोट बाख्रापालन समूह पोखरा–१८, लगनशील बाख्रापालन कृषक समूह पोखरा–३२ र बेगनास बाख्रापालन समूह पोखरा–३१ छन् ।

अनुदानबाट प्रत्यक्षरूपमा एक सयभन्दा बढी कृषक लाभान्वित भएको महानगर पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले बताउनुभयो । यसैगरी पोखरा महानगरपालिकाभित्र रहेका १७ उत्कृष्ट कृषि फार्मलाई पनि सम्मान गरिएको छ । सम्मानित कृषकका प्रत्येक फार्ममा एक सय बढीको सङ्ख्यामा बाख्रा पालिएका छन् । कार्यक्रममा महानगर प्रमुख आचार्यले आगामी पाँच वर्षभित्रमा महानगरपालिकालाई तरकारी, दूध, अण्डा, मासु तथा फलफूलमा आत्मनिर्भर बनाइने बताउनुभयो ।

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button