मुख्य समाचारसमाचार

पोखरालाई समृद्ध बनाउने काम गर्छौं : नवनिर्वाचित प्रमुख आचार्य-GoodNews24

Gobal IME Bank

जेठ ११, कास्की ।  पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले गण्डकी प्रदेशको राजधानी पोखरालाई समृद्ध बनाउने योजनासहित कामको थालनी गरिने बताउनुभएको छ ।
पोखरा महानगरपालिकामा आज पाँच दलीय गठबन्धनका उम्मेदवारको विजयी र्यालीपछि सभामा उहाँले शपथ र पदभार ग्रहणपछि चुनावी घोषणपत्रअनुसार नै कार्ययोजना बनाएर काम अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख आचार्यले भन्नुभयो, “समग्र पोखराको समृद्धिका लागि भोलिदेखि नै हामी कामको थालनी गर्नेछौँ, अनावश्यक उद्घाटन र कम महत्वका कार्यक्रममा समय व्यतित गर्ने छैनौँ ।” प्रमुख आचार्यले महानगरमा एक महिनाभित्रमा सेवाग्राहीले सुधारको अनुभूति गर्नेगरी व्यवस्थितरूपमा सेवा प्रवाह गरिने प्रतिबद्धता जनाउनुभयो । सुशासन र प्रविधिमा मुख्य जोड दिइने उहाँको भनाइ छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button