मुख्य समाचारसमाचार

उमेरले राजनीतिको फैसला गर्दैन: अध्यक्ष केसी

Gobal IME Bank

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला नगर्ने बताउनुभएको छ । पाँच दलीय गठबन्धनको बागलुङ नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा आज बोल्दै उहाँले उमेरले वृद्ध भए पनि विचारमा आफू तन्नेरी रहेको सुनाउनुभयो ।

“विचार हो बुढो र तन्नेरी हुने, उमेरले राजनीतिमा फरक पार्दैन”, उहाँले भन्नुभयो । नेपाली कांग्रेसका दिवङ्गत नेता गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायतको दृष्टान्त सुनाउँदै उहाँले आवश्यकताले आफू पाको उमरेमा पनि सक्रिय राजनीतिमा रहेको उल्लेख गर्नुभयो ।

बागलुङ–१ बाट आसन्न प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार रहनुभएका अध्यक्ष केसीले आफूले चाहेर नभई पार्टीको निर्णयअनुसार उम्मेदवार बनेको स्पष्ट पार्नुभयो । “मैले जिल्लाको साथीलाई पनि सिफारिस नगर्नुस् भनेको थिएँ, सिफारिस पनि भएको होइन, पछि पार्टी केन्द्रले नै अगाडि सा¥यो, गठबन्धन दलबाट पनि तपाईँ नै चुनावमा उठ्नुपर्छ भन्ने सुझाव आयो”, उहाँले भन्नुभयो ।

अध्यक्ष केसीले गठबन्धनको सुत्रधार आफ्नै पार्टी रहेकोसमेत दाबी गर्नुभयो । “गठबन्धनको सुरुआत गरेको हामीले हो, २०७७ पुस ५ गते संसद् विघटन भएपछि ७ गते प्रतिगमन भयो भनेर राष्ट्रिय जनमोर्चाले वक्तव्य निकालेको छ”, उहाँले भन्नुभयो । विसं २०५६, २०६४ र २०७० को चुनावबाट सांसद बन्नुभएका अध्यक्ष केसी अहिले पुनः संसद्मा छिर्ने दाउसहित सत्ता गठबन्धनका तर्फबाट चुनावी मैदानमा हुनुहुन्छ । बयासी वर्षको पाको उमेरमा पनि पदका लागि राजनीतिमा अग्रसर रहेको भन्दै उहाँमाथि बेलाबेला टिप्पणी हुँदै आएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button